साम्राज्ञीको पहिरन चर्चा

 

पछिल्लो समयकी चर्चित नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनले अभिनय गरेका सबैजसो चलचित्र सफल मानिएका छन् । उनले पछिल्लो समय अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर २’ नेपालमा सफल भएपछि अहिले यो टिम देश बाहिर निस्किएको छ । यसैक्रममा गएको शनिबार अस्ट्रेलियामा ए मेरो हजुर २’ को भव्य प्रिमियर गरियो । नेपालबाट निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रिमियरमा पुगेका थिए । निर्देशक थापाका अनुसार, फिल्मको पहिलो अस्ट्रेलिया प्रदर्शन हाउसफुल भएको छ ।

यस्तै उक्त प्रिमियरमा नायिका साम्राज्ञीको पहिरनको चर्चा खुबै भयो । विशेषतः कार्यक्रमहरुमा फरक गेटअपका साथ उपस्थिति हुँदै आएकी साम्राज्ञी उक्त प्रिमियरमा पनि केही बोल्ड गेटअपमा उपस्थित हुँदा उनको पहिरन सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुग्यो । सामाजिक सञ्जालमा साम्राज्ञीको तस्वीर अपलोड गर्दै कतिले बोल्ड साम्राज्ञी बनेका छन् भने कतिले उनलाई समय र ठाउँअनुसार चल्न सक्ने नायिका भनेर प्रशंसा पनि गरेका छन् ।

अस्ट्रेलियाको इभेन्ट सिनेमामा आयोजना गरिएको प्रिमियरमा चलचित्रलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको निर्देशक झरनाले बताइन् । उनका अनुसार, ‘ए मेरो हजुर २’ को अस्ट्रेलियाका विभिन्न शहरहरुमा प्रदर्शन हुनेछ । प्रिमियरमा झरना र साम्राज्ञी आकर्षणको केन्द्रबिन्दु बनेका थिए । चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, बुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     6:16:28 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *