पाठेघरको मुखको क्यान्सर र रोकथामको उपाय

महिलाको पाठेघर वा गर्भाशयको मुखको कोषिकाहरूमा असामान्य परिवर्तन भई त्यस भागमा अनावश्यक रूपले कोषिकाहरू वृद्धि भएर बन्ने गिर्खा वा निको नहुने घाउलाई पाठेघरको क्यान्सर भनिन्छ । नेपालमा दिनुहुँ पाठेघरको क्यान्सरबाट मृत्यु हुने सख्या बढ्दै गएको छ । समयमै देखिएको समस्यालाई हेलच्याक्र्याई गर्नाले यो रोग दिन प्रतिदिन बढ्दै गएको हो । सामान्यतया ३५ देखि ६० वर्ष उमेरका विवाहित महिलाले वर्षमा कम्तिमा एक पटक पाठेघर परीक्षण गराउनु उत्तम हुन्छ ।

रोकथामका उपाय

– क्यान्सर कारक तत्वहरूबाट अलग रहने, सानै उमेरमा यौन सम्पर्क नराख्ने र धेरै सन्तान नजन्माउनु राम्रो हुन्छ ।

– लामो समयसम्म परिवार नियोजनका साधन प्रयोग नगर्नु उत्तम हुन्छ ।

– समय–समयमा पाठेघरको जाँच गराउनु सबैभन्दा श्रेयस्कर हो ।

– पाठेघरमा केही संक्रमण हुन थालेको छ भने पहिले नै पत्ता लगाई सामान्य उपचारबाट निको पार्न सकिन्छ ।–हेल्थटिप्सबाट

प्रकाशित मितिः मङ्लबार, मंसिर १२, २०७४     6:22:02 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *