कालीकोटमा जीप दुर्घटना हुंदा ४ जनाको मृत्युः ५ घाईते

शाधना शाही ।
कालिकोट, १३ मंसिर – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाडाचक्रमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती मुगुबाट सुर्खेततर्फ आउदै गरेको लु २ च २००३ जिप खाडाचक्र नगरपालिका –२ अस्पताल मोडमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने छन् । अर्का एक जनाको भने सानाखत भएको छैन ।

घाइते सवैको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौलागाईले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, मंसिर १३, २०७४     3:55:44 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *