जाडोमा खुट्टाको छाला स्याहार

सुमित्रा रँजित

शरीरका महŒवपूर्ण अंगमध्ये खुट्टा पनि एक हो । पहिलो हेराइमा जोकोहीको पनि ध्यान मुहार हुँदै खुट्टामा पर्ने गर्छ । कुनै पनि मानिस कत्तिको सफल छ भन्ने कुरा उसको खुट्टाको सफाइले तय गर्छ । त्यसैले शरीरका अरू अंगजस्तै खुट्टाको सरसफाइमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक छ । अहिले जाडोयाम भएका कारण चिसोले खुट्टाको छाला फुट्ने, रगत आउने, फुस्रो हुनेजस्ता विभिन्न समस्या आउने गर्छ । त्यसैले गर्मीमा भन्दा जाडोमा खुट्टाको छालाको स्याहार र सरसफाइमा बढी ध्यान दिनुपर्छ । जाडोमा खुट्टाको छालाको स्याहार कसरी गर्ने भन्नेबारे यहाँ चर्चा गरिएको छ:

खुट्टाको छालाको प्रकार

– सुक्खा छाला
– धेरै सुक्खा छाला
– नरम (वाइली) छाला

खुट्टाको छाला फुट्नुको कारण

– खुट्टामा लागेको धुलो, मैलोलाई सफा नगर्दा फोहोर जमेर
– खुट्टामा सुक्खा हावाको कारणले
– खाली खुट्टा बिहान शीत, तुसारो, हिउँमा हिँड्दाको कारणले
– चिसो पानीमा लामो समय खुट्टा डुबाएर काम गर्दा

खुट्टाको छाला सुरुमै फुट्ने नदिने उपाए

– दिनभरि धुलोमा हिँड्नुपरेमा बेलुका खुट्टालाई मन तातोपानीले राम्ररी धुने । खुट्टामा फोहोर मयल जम्न नदिने
– चिसो पानीमा खुट्टा डुबाएर लामो समय काम नगर्ने
– चिसो पानीमा काम गरेपछि पानीबाट निक्लेर खुट्टालाई पुछेर सुक्खा राख्ने
– जाडोमा बेलुका सुत्ने बेलामा मनतातो पानीले खुट्टा धोएपछि ग्लिसिरिङ, फुट लोसन तथा अन्य खुट्टा नरम पार्ने क्रिम वा घरेलु सामग्री लगाउने
– खाली खुट्टा नहिँड्ने । न्यानो पार्ने मोजा र जुत्ता प्रयोग गर्ने
– घरमा बस्दा मौसम अनुसार बाक्लो वा पातलो कटनको मोजा लगाउने
– खुट्टलाई चिसो हावाबाट जोगाउने

फुटेको खुट्टाको छालाको उपचार

– यदि खुट्टाको छाला फुटेको छ भने पहिला करिब पाँच लिटर पानी मनतातो बनाउने । अब त्यो मनतातो पानीलाई बाटा, खड्कुलो वा अन्य भाँडामा राख्ने
– यस्तो मनतातो पानीमा एक बिर्को स्याम्पो र एक विर्को हाइड्रोजन प्यारा अक्साईड हालेर घोल्ने । त्यसमा खुट्टाको फुटेको भाग डुवाएर पानी चिसो नभएरसम्म (१०–१५) मिनट बस्ने । अब खस्रो ढुंगा तथा प्युमिक स्टोनले खुट्टाको फुटेको छालालाई बिस्तारै रगड्ने । यसो गर्दा फुटेर मरेको छाला सहजै निक्लिन्छ
– यसपछि सफा मनतातो पानीले फेरि खुट्टा धुने । तौलिया वा अन्य सफला कपडाले खुट्ट पुछेर सफा बनाउने । यसपछि फुटेको ठाउँमा फुट क्रिम वा खुट्टा फुटेको ठिक पार्ने अन्य क्रिम लगाएर हलुका मालिस गर्ने । यही क्रम एक हप्तासम्म नियमित गर्दा खुट्टाको फुटेको छाला ठीक हुन्छ । यसरी ठीक भएपछि खुट्टाको छाला फुट्न नदिन सावधानी र उपाए अपाउने
– यदि खुट्टाको छाला बढी नै फुटेर लगत बग्ने गरेको छ भने छाला सम्बन्धि चिकित्सासँग सल्लाह लिएर उपचार गर्ने
– खुट्टाको छाला फुटेको अवस्थामा घरमा उपचार गर्न सहज भएन भने नजिकैको ब्युटी पार्लरमा गएर खुट्टाको पेडिक्युर गरेर पनि खुट्टालाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर १४, २०७४     8:22:29 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *