औषत ६५ प्रतिशत मतदान भएको आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत भन्दा बढी मत खसेको पूर्व अनुमान गरेको छ ।

भौगोलिक विकटता र प्राविधिक कढिनाइका कारण मतदानको यकिन तथ्यांक निकाल्न समय लाग्ने आयोगले बताएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले ऐतिहासिक रुपमा निर्वाचन सम्पन्न भएको खुशी ब्यक्तगर्दै आज भएको मतदानको यकिन तथ्यांक आउन समय लाग्ने बताएका छन् ।

मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् ।

प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     4:02:46 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *