हुम्लामा ७१ प्रतिशत मतदान

राजन रावत
हुम्ला,१० मंसिर । हिमाली जिल्ला हुम्लामा चिसोको वावजुुद पनि ७१ प्रतिशत हुम्ली जनताले मतदान कार्यमा भाग लिएका छन ।

नयाँ संरचना अनुसार भएको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सकृृताका साथ निर्वाचनमा भाग लिएका हुुन । दुुवै तहको निर्वाचनमा प्रारम्भिक विवरण अनुुसार ७१ प्रतिशत मत खसेको प्रमुुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद वास्कोटाले वताउनुु भयो । निर्वाचन शान्ति पुुर्ण, निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न भएको उहाँले वताउनुु भयो ।

विहान निर्धारित समय भन्दा केही ढिलो गरि जिल्लाका सवै मतदान केन्द्रमा मतदान सुुरु भएको मुुख्य निर्वाचन अधिकृतको कार्यालय सुुचना अधिकारी राज वहादुुर शाहीले वताउनुु भयो । विहान ७ वजे निर्धारित समय भएको भए पनि चिसोको कारण मतदाता नआउदा निर्वाचन ढिलो सुुरु गर्नु परेको सिमकोट गाँउ पालिकाको वडा नम्वर ५ को भिमसेन आधारभुुत मतदान केन्द्रका मतदान अधिकृत जिल्ला समन्वय समिति अधिकारी लोक वहादुुर सुुनारले वताउनुु भयो ।

असक्त तथा अपाङ्ग, गर्भवती महिलाको लागि छुुट्टा छुुट््टै मतदानको व्यवस्था गरिएकोले मतदान गर्न सहज भएको अपाङ्ग मतदाता धनलाल कामीले वताउनुु भयो । जिल्लाका ५२ मध्य ५१ वटा मतदान केन्द्रमा निर्वाचन शान्तिपुुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हुम्ली मतदाताले निक्कै भव्य र सभ्य तरिकाले निर्वाचनमा भाग लिएको नेकपा एमालेका सचिव तीर्थराज रोकायाले वताउनुु भयो ।

प्रतिनिधि सभा सदस्यको लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा प्रदेश सभाको लागि भने दुुई वटा क्षेत्र रहेका छन । दुुवै तह गरे विभिन्न दल तथा स्वतन्त्र उम्मेरदार गरेर प्रतिनिधि सभाका लागि ७ जना र प्रदेश सभाका लागि ६ जना प्रतिश्प्रिधी रहेका छन । जिल्लाका ५२ वटै मतदान केन्द्रका लागि ३९३ कर्मचारी तथा १२ सय पाँच जना सुुरक्षकर्मी परिचालन गरिएको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा पुुग्ना सदरमुुकाम सिमकोटवाट पाँच दिन पैदल हिड्नुु पर्ने मतदान केन्द्र पनि रहेका छन । हुम्ला जिल्लामा २७ हजार ४ सय ३५ मतदाता रहेका छन ।

मतदान गर्न लाइनमा बसेका मतदाताहरु
प्रकाशित मितिः सोमवार, मंसिर ११, २०७४     5:39:58 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *