समाजवादलाई यसरी हेर्नुपर्छ

इन्द्रबहादुर बराल

नेपालको राजनीतिमा अधिकांश दलहरूले समाजवाद कै कुरा गर्ने गरेको पढ्न र सुन्न पाइन्छ । विशेष गरेर ठूला राजनीतिकदलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र आदिले समाजवादलाई उच्च प्राथमिकतामा राखेको देखिँदै आइएको छ । तर समाजवादको विषयमा, जुन सुकै राजनीतिक दर्शनमा विश्वास राख्ने वा निर्देशित हुने राजनीतिकदलहरू पनि त्यही समाजवादको बखान गरी रहेको पाइन्छ । यसबाट सर्वसाधारण नेपालीमा अन्योल सिर्जना गरको छ । तसर्थ नेपालका कम्युनिष्टहरूले भन्ने गरेको र कांग्रेसले बितेको पँैसठी वर्षदेखि भन्दै आएको समाजवाद के हो भन्ने बारेमा प्रष्ट हुन जरुरी छ ।

आजको युगमा आएर पनि अन्धकारपूर्ण अवस्थाबाट गुज्रर्ने परिस्थिति सिर्जना गर्ने काम कम्युनिष्टहरूबाट भएको देख्दा परिवर्तित समयअनुरूप आफूलाई परिवर्तन गर्दै लैजानुको साटो परिवर्तनको मार्गलाई समेत ढाक्ने काम गरिँदै आएको स्पष्ट देखिएको छ ।

यही विषयलाई लिएर यहाँ साधारण नेपालीले इतिहासको तथ्य प्रयोग र समाजवादले खोजेको गन्तव्य प्रष्ट हुने भन्ने विश्वास लिन सकिन्छ । कम्युनिष्टहरूले बेला बखतमा भन्दै आएको समाजवादमा एउटा महŒवपूर्ण तŒवको अभाव सधंै खड्किएको देखिएको छ, त्यो हो लोकतन्त्र । कम्युनिष्ट पार्टीहरूमा देखिएको लोकतान्त्रिक आचरणको अभाव नेपाली कांग्रेसले राज्य संयन्त्रका डण्डा चलाएर सरकारी सञ्चारमाध्यमलाई एकलौटी प्रचार गरेर समाजवादको कल्पना गर्ने कम्युनिष्ट र राजनीतिक स्वतन्त्रतासहितको समाजवादको कल्पना गर्ने कांग्रेस, यही नै हो, यी दुई राजनीतिक चिन्तकहरूबीचको समाजवादको अन्तर ।

कांगे्रस भन्छ नागरिक अधिकार मौलिक अधिकारमा स्थापित रहेको छ । जस्तै, वाक स्वतन्त्रता, प्रेस स्तन्त्रता, मानव अधिकारलगायत अन्य सबै खाले स्वतन्त्रताको रक्षा गर्दै मुलुकलाई उन्नत र समृद्धशाली बनाउनु नै लोकतन्त्र र समाजवादको मूल मर्म हो । ठीक विपरीत कम्युनिष्टहरूले भने जनताका अधिकार कुण्ठित गरेर मानिसलाई आर्थिक प्राणीको रूपमा मात्रै हेर्ने प्रयत्न गर्दछन् । उदाहरणको लागि अहिले उत्तर कोरिया हेर्न सकिन्छ । आन त्यहाँको राजनीतिक पद्दतिलाई हेर्ने हो भने कम्युनिष्टहरूको आचरण र व्यवहार स्पष्ट थाहा हुनसक्छ । सम्भवतः कम्युनिष्ट आचरण र समाजबाद बुझ्न यति नै काफी हुन्छ । त्यसकारण लोकतन्त्रविहीन समाजवाद साम्यवाद हो । यस विषयमा धेरै बहस गर्नु आवश्यक नै छैन ।

नेपाली कांग्रेसले २०१२ सालमा वीरगञ्ज महाधिवेशन पश्चात नै लोकतान्त्रिक समाजवादको बाटो समाएको हो । त्यसभन्दा पहिले धेरै विषयमा सोच्ने विचार गर्ने समय पनि सायद थिएन होला । तथापि मुलुककै पहिलो प्रजातान्त्रिक पार्टी भएको र त्यसपछिका दिनहरूको अनुभवले नै पनि नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाले प्रजातान्त्रिक समाजवाद जस्तो उत्कृष्ट विचार पार्टीमा स्थापित गरेको हुनुपर्छ । मानिसका आधारभूत आवश्यता गाँस, बास र कपासका अतिरिक्त नागरिक स्वतन्त्रता पनि त्यतिकै महŒवपूर्ण छ भन्ने ठानेर नै लोकतान्त्रिक समाजवादको आदर्शलाई आत्मसात गरिएको थियो भन्न सकिन्छ । नेपालजस्तो विकासशील मुलकका लागि यो तर्क र सिद्धान्त नै मुलुकको हितकारी रहेको निर्विवाद हो । यो तर्क वा विचार बडो विचारणीय छ । तर आजको युगमा आएर पनि अन्धकारपूर्ण अवस्थाबाट गुज्रर्ने परिस्थिति सिर्जना गर्ने काम कम्युनिष्टहरूबाट भएको देख्दा परिवर्तित समयअनुरूप आफूलाई परिवर्तन गर्दै लैजानुको साटो परिवर्तनको मार्गलाई समेत ढाक्ने काम गरिँदै आएको स्पष्ट देखिएको छ । यदि यही अवस्था रहृयो भने नेपाली नागरिकले अन्धकार मार्गमा उत्रनुपर्ने प्रष्ट देखिएको छ ।

विसं २०१७ पुस १ गते खोसिएको नागरिकताको आहुतीसमेत गर्नु परेको तीतो सत्य हामी माझ अझै पनि ताजै छ । स्मरणमा नमिठो घाउ बनेर बसेको छ । कम्युनिष्ट वा गठबन्धन जे सुकै नाम दिए पनि अन्ततः कम्युनिष्ट कम्युनिष्ट नै हुन् भन्ने कुरामा हामीले विशेष ध्यान दिनु जरुरी छ । किनभने तिनीहरूमा विश्वास गरे धोका पाइन्छ । यसतर्फ सावधान हुनु नै राम्रो । कम्युनिष्टले दुइ तिहाई वा बहुमत ल्याएमा अवश्य पनि मुलुकको स्थिरता, शान्ति र समृद्धिका ढोका बन्द हुने निश्चित छ । यसर्थ पनि नेपाली कांग्रेसले अवलम्बन गरेको लोकतान्त्रिक समाजवाद बारे प्रष्ट हुन आवश्कयक छ । यसै विषयमा अवगत गराउन यहाँ सुक्ष्म प्रयत्न गरिएको छ ।

अब केहीबेर समाजवादी कार्यक्रम सम्बन्धमा चालिएका कदम बारे चर्चा गरौं । तत्कालीन अवस्थामा विर्ताको रूप थियो । राणा, शाही, भारदार, जागिरे, द्वारे अमाली, आदि मुठी भरका ठालुहरूले मुलुकको करिब ९७ प्रतिशत उत्पादनको साधन (जमिन) राज्य लाई कुनै पनि कर आदि नतिरी मुफतमा भोग चलन गर्दै आएका थिए । यही जग्गालाई उहीले विर्ता भनिन्थ्यो । उक्त विर्ता जग्गा र जमिनदार प्रथालाई तत्कालीन सरकारबाट विर्ता उन्मुलनको निर्णय भएको थियो । विर्ता उन्मूलन नहुँदासम्म नेपालीहरू रैतिबाट नागरिक बन्न सक्ने अवस्था नै थिएन । त्यही कारणले नेपाली कांग्रेसका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालीलाई रैतिबाट नागरिक बनाउने पहिले कदम वा निर्णय थियो जसबाट क्रमशः नेपालीहरू रैति होइन सम्मानित नागरिक बन्न पुगेका हुन् ।

यो सत्य र तथ्य इतिहासबाट पाठ नसिक्ने हो भने नेपालीहरू फेरि पनि अर्को प्रकारको अर्थात् कम्युनिष्ट सर्वसत्तावाद भनौ या एक दलीय अधिनायकवादको जाँतोमा पिसिन बेर छैन । त्यसकारण समाजवाद प्राप्तिको नाममा मानवतावाददेखि बाहिर बस्न कोही स्वाभिमानी नेपाली चाहँदैनन् । भोका नांगा नेपालीलाई ललीपप देखएर एकदलीय अधिनायकवादको अभिष्ट पूरा गर्न बनेको यतिबेलाको वामतालमेल खतरानाक खेलमा लागेको प्रतीत हुँदै आएको छ । आम नागरिकले पनि यो खेलको आशंका गरिसकेका छन् पनि । यतिबेला उनीहरूले अर्थात् वाम गठबन्धनका जोडीहरूले भन्दै आएका छन्, अब वाम गठबन्धनले ५० वर्ष शासन गर्छौं । अर्थात् उनीहरूको मूल अभिष्ट के हो भन्नेतर्फ सबैको ध्यान खिँचिएको छ । तसर्थ त्यसलाई परास्त गर्न हामी सबै नेपाली नागरिकले समयमा नै सचेत हुनु निर्विकल्प सत्य भएको छ ।

संविधानतः अब लगभग तिनै तहको सरकार बन्ने पक्कापक्की भइसकेको छ । यसै सन्दर्भमा अझै ४५ जिल्लामा १२५ स्थानमा प्रतिनिधिसभाको २ सय ५६ स्थान र प्रदेश सभाको प्रत्यक्षतर्फका प्रतिनिधि छनौट वा निर्वाचित गराउन केही दिनमात्रै बाँकी छ । आगामी साता यो क्रमले पनि पूर्णता पाउनेछ । तसर्थ यो लेखबाट मतदातालाई अलिकति मात्रै भएपनि सचेत गराउन सके निःसन्देह लोकतान्त्रिक समाजवादका हिमायती नेपाली कांग्रेसको पक्षमा जनमत बन्न सक्ने अपेक्षा राख्नु स्वभाविक ठहर्ने छ ।

नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादलाई व्यवहारमा उतार्ने जमर्को गरेको विर्ता उन्मूलन र वन जंगललाई राष्ट्रियकरण गरिएको सन्दर्भका अतिरिक्त अन्य धेरै कदमहरू छन् । जसका बारेमा यहाँ संक्षिप्त चर्चा गर्नु उपयुक्त ठहरिन्छ । बीपीको विचारमा समाजवाद भनेको बास नहुनेको बास हुनुपर्छ, गाँस नहुनेलाई गाँसको व्यवस्था हुनुपर्छ र लगाउन र ओड्ने ओध्याउने प्रबन्ध हुनुपर्छ । अर्थात् अर्को शब्दमा हरेक नेपालीको आफ्नै एउटा घर हुनपर्छ । प्रत्येक नेपालीले काम गरेर खाने आफ्नै एउटा घर हुनुपर्छ, प्रत्येक नेपालीले काम गरेर छोरा छोरीले समायोचित शिक्षा पाउनु उनीहरूको मौलिक हक हो भने बिरामी पर्दा ओखतीमुलो गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्छ । तर माथि उल्लेखित न्यूनतम आवश्यकता परिपूर्ति गर्न लोकतान्त्रिक समाजवाद स्थापित हुनुपर्छ भन्ने नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरलाको सपना हो । त्यही सपना पूरा गर्न नेपाली कांग्रेस नेपाली जनता माझ आफ्नो तिनै अधुरा सपना पूरा गर्न गराउन प्रयत्नरत छ । तथापि यदाकँदा भन्ने गरिन्छ, साम्यवादमा लोकतन्त्र हुन्छ । सायद यही विषयमा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाबीच निर्वासित जीवनकालमा यसै विषयमा बहस र छलफल हुने गथ्र्यो रे । त्यसै क्रममा बीपीले पुष्पलाललाई भन्नु भएको थियो, आर्थिक कार्यक्रम तपार्इं बनाउनुहोस् राजनीतिक कार्यक्रम म बनाउछु भनेर । अहिलेको युग लोकतन्त्रको युग हो । अहिलेको चेतनाले मानवीय मूल्य र मान्यतालाई कुण्ठित गरेको देख्न चाहँदैन । बलपूर्वक मानवीय चेतनालाई ललीपप देखाएर दबाउन खेजिन्छ भने अवस्य पनि सैहृय हुने छैन ।

लोकतान्त्रिक समाजवादको मर्म र भवनालाई गम्भीरतापूर्वक सोचौं र आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने अहिलको आवश्यकता भएको छ । निश्चय पनि यो अहिले समयको माग हो । त्यसैमा नै सर्वहित रहेको मान्नसकिन्छ । लोकतन्त्र कुनै एक पार्टी वा व्यक्तिको निजी पेवा होइन्, कम्युनिष्ट पार्टी वा नेताको जस्तो । लोकतन्त्रमा पार्टीले आफ्नो पहिचान प्रदर्शन गर्न पाउछन् । तर कम्युनिष्ट व्यवस्थमा अलग विचार राख्नेहरूको अस्तित्व स्वीकार हुँदैन । त्यसैले यहाँ लोकतान्त्रिक समाजवादको सरल व्याख्याले सर्वसाधारणलाई समेत केही राजनीतिक जागरण ल्याउनेछ भन्ने अपेक्षा राखिएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १८, २०७४     3:03:27 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *