निर्वाचन हुने जिल्लामा मतदाता शिक्षासँगै परिचयपत्र वितरण

काठमाडौं, मंसिर १९  ।  निर्वाचन आयोगले मंसिर २१ दोस्रो चरणको निर्वाचन हुने जिल्लामा आज र भोली मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।

आयोगले निर्वाचन हुने जिल्लाका सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट मतदातालाई परिचयपत्र वितरण गर्ने छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा परिचयपत्र बुझ्न बाँकीका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण गर्न लागेको हो ।

परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरि सकेका मतदाताहरूले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवम् नामावली सार्न र सच्चाउन निवेदन दिएका मतदाताले नयाँ परिचय पाउने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४     3:50:53 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *