भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस मनाइयो

कालीकोट मंसिर २४ । कालिकोट जिल्लामा भएको व्याप्त भ्रष्टचारलाई निर्मुलपारी सुशासन कार्यम गर्नका लागि सवै जनप्रतिनिधिहरु एक हुन आवश्यक भएको एक कार्यक्रमका सहभागीहरुले बताइएका छन् । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जसीप्रसाद पाण्डेले कालीकोट भौगोलिक विकट भएकाले भ्रष्टाचारले जरा गाडेकाले यसलाई उखेल्नका लागि जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताए । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा यस्तो बताएका हुन् ।
भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हौ भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता कार्यान्वयन गरौ भन्ने मुल नाराका साथ नागरिक समाज कालिकोट आयोजना गरेको ¥यालि सहितको कोण सभामा बोल्दै कर्णाली विकास आयोगका विज्ञ दिपेन्द्र रोकाले आफ्नो मन चोखो र दिल स्वच्छ राखेर काम गरेका कुनै पनि ठाउँमा भ्रष्टाचार नहुने बताए ।
हरेक ठाउँबाट भ्रष्टाचारको गन्ध आउने भएकाले पेचकिलर कस्न सकेमा मात्र भष्टाचारलाई अन्त्य गर्न सकिने उनले औल्याए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले लिनु मात्र भ्रष्टाचार हैन दिनु पनि भ्रष्टाचार भएकाले कसैले पनि घुस लिने र दिने काम नर्गन आग्रह गरे । कसैले घुस मागेमा दिनु भन्दा पनि कानूनी रुपमा जानुपर्ने भएकाले अवदेखि कसैले भ्रष्टाचार नगर्नेमा आफु विस्वस्त भएको बताए ।
शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले भ्रष्टाचारलाई नै अन्त्य गर्नका लागि बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भइसकेको जनप्रतिनिधिहरुले अव भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरे, नागरिक समाजका उपसंयोजक लिलाराम न्यौपाने, गैरसरकारी संस्था महासंघका अध्यक्ष वीरेन्द्र बुढा, पत्रकार महासंघका पूर्व अध्यक्ष कालीबहादुर मल्ललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नागरिक समाज कालीकोटका अध्यक्ष दमनराज वमको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४     12:37:03 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *