सुत्केरीको हेलिकप्टरद्धारा उद्दार

कालिकोट मंसिर २६ । अस्पताल पु¥याइएकी सुत्केरीको अत्याधिक रक्तश्राम भएपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ की चन्द्रा शाहीलाई बुधबार हेलिकोप्टरबाट काठमाडौ लगिएको हो । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी गराइएकी शाहीलाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
मंगलबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि सुत्केरी शाहीको अवस्था गम्भिर भएकाले रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका प्रमूख कौशल अलीले बताए । ‘विरामीलाई अत्याधिक रक्तश्राव भयो, अवस्था जटिल देखिएकाले थप उपचारका लागि पठाइएको हो’ उनले भने, ‘बच्चा भने निकै स्वस्थ छ ।’

प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४     2:06:25 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *