डाक्टरलाई कार्वाहीको माग गर्दै प्रदर्शन

सुत्केरी मृत्युको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका स्थानीयहरु

कालीकोट मंसिर २७ । अस्पतालको लापरवाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै स्थानीयले डाक्टरलाई कार्वाही गर्न माग गर्दैै बुधबार मान्म बजारमा प्रदर्शन गरेका छन् । घटनाको छानवीन गरी दोषीलाई कार्वाही गर्न उनीहरुले माग गरेका छन् । खाँडाचक्र नगरपालिका– १ की चन्द्र शाहीको मंगलबार उपचारका क्रममा मृत्यु भए पछि स्थानीयले अस्पतालले लापर्वाही गरेको भन्दै दिनभर मान्ममा प्रदर्शन र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
सुत्केरी हुन सोमबार जिल्ला अस्पताल आएकी चन्द्रा शाहीको शल्यक्रिया गरी बच्चा निकालिए पछि अत्याधिक रक्तश्राव हुँदा थप उपचारका लागि हेलिकोप्टरमा मंगलबार काठमाडौ लगिएको थियो । काठमाडौ पुगाए लगत्तै चन्द्राको मृत्यु भएको थियो । जिल्ला अस्पतालका चिकित्सकहरुको लापर्वाहीले चन्द्राले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् । कालीकोट उद्योग वाणिज्य संघले मृतकको शोक मनाउन बुधबार खाँडाचक्र बजार बन्द गराउको छ ।
स्थानीयले घटनाको छानवीन गरी दोषिलाई कार्वाही गर्नुपर्ने, शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीको लाइसेन्स खारेज गरिनु पर्ने, पीडितका रात र क्षतीपुर्तीको व्यवस्था गर्नु पर्ने तथा जिल्ला अस्पतालमा आगामी दिनमा आउने विरामीको उपचार सुनिश्चित गरिनु पर्ने ४ बुँदे मागसहितको ज्ञापन पत्र प्रमूख जिल्ला अधिकारीलाई बुझाएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा रोक्न खोज्दा केहीबेर झडप समेत भएको थियो । मृतक शाहीको बुधबार नै पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको उनका आफन्तले जनाएका छन् ।

सुत्केरी मृत्युको बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका स्थानीयहरु

छानवीन समिति गठन

स्वास्थ्य मन्त्रालयले मध्यपश्चिमाञ्चल सुर्खेतका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर डम्बर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । मन्त्रालयको २०७४ मंसिर २७ गतेको निमित्त सचिव स्तरीय निर्णयबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कल्पना थापा र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतमा कार्यरत आमा सुरक्षा कायक्रम हेर्ने फोकल फर्सन सदस्य रहेने गरी छानविन समिति गठन गरिएको बताइएको छ ।

यसैबीच आक्रोशित स्थानीयको भिडले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहँदा बुधबार बसेको सर्वपक्षीय बैठकले घटनाको छानवीन गर्न समन्वय गर्नका लागि एक समिती गठन गरेको छ । प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख विजया बिष्ट, अस्पताल बिकास समितिका अध्यक्ष कृष्णबहादुर सिंहसहितको सात सदस्यीय समिति गठन गरेको हो ।
बैठकले घटनाको छानवीन गर्न समिति गठन गर्न मन्त्रालयलाई लेखि पठाउने र मन्त्रालयले गठन गर्ने छानवीन समितिका लागि समन्वय गर्ने र दोषिलाई कार्वाही गर्न दवाव दिन स्थानीय समिति बनाइएको बताइएको छ । बैठकले पीडितका सबै माग सम्बोधनका लागि पहल गर्ने र चन्द्रा शाहीको शल्यक्रियामा संलग्न चिकित्सकलाई प्रमूख जिल्ला अधिकारीको निगरानीमा राखी छानविन प्रक्रिया तत्काल थाल्न पहल गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर २७, २०७४     7:01:25 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *