पल–पलको सम्झना

मुटु जलेर सबै, खरानी भएको छ ।
त्यही खरानीको फेरी, कहानी भएको छ ।।
के गर्ने सम्बन्धको, अन्धबिश्वास भएपछि…..
आजभोली त पश्चातापको, सिरानी भएको छ ।।

म आफ्नो लागि कहिलै बाँचिन सधै अरुको निम्ती बाँचिरहेँ, मलाई लाग्थ्यो मान्छे सधै अरुको निम्ती त बाँच्छ नि, रातमा निदाएजस्तै कुनै उमेरमा यसरी निदाउँछ कि उ, त्यही निन्द्रामा देखेको सपनाले झसङ्ग झसङ्ग बनाउँछ उसलाई, मैले कति पटक सपना देखेको छु पैसै पसा कमाएको ! सपनीमा मेरो गोजिमा पैसै पैसा हुन्छ । यसरी सपनीमा पैसा कमाएको देखीरहँदा खै कसरी हो एक्कासी बिउँझीन पुग्छु म निन्द्राबाट । भर्खर सपनीमा महलमा बसीरहेको म, एक्कासी बिउँझीदा बिस्तारामा हुन्छु, अनी हत्त पत्त आफ्नो गोजी छाम्छु, गोजीमा फुटेको टाँक हुदैन । अघि भर्खर सपनीमा पैसा कमाएर धनाड्य भएको म एकाएक हरिकङ्गाल भएर सडकछापमा आइपुगे झै हुन्छु म । त्यतिखेर भित्रै देखी खल्लो लाग्छ, के भएझै हुन्छ– के नभएझै हुन्छ, मनभित्रै मनले निराशा मानिरहेको हुन्छ, हो यति सम्म गर्छ एउटा सपनाले, हामीले देखीरहेका अधिकांश सपनाको त्यती वास्ता गर्दैनौ हामी, मलाई कसैले सुनाएथ्यो, परिश्रम गर्ने मान्छे उज्यालो भएपछि खुसी हुन्छ रे, किनकी उसलाई मेहेनेत गरेर परिवार पाल्नु पर्छ, तर कति कति मान्छेहरु चाँही अध्यारो भएपछि खुसी हुन्छन, किनकी उनीहरुलाई सपना देख्न यत्ति हतार हुन्छ कि, त्यही सपना देख्दा देख्दा उनीहरुको आधा जिन्दगी ध्वस्त भइसकेको हुन्छ । यो मान्छेलाई जता बाट पनि टेन्सनै छ, बर्तमानलाई बिगतसँग तुलना गरेर केही फरक ढङ्गबाट बाँच्ने प्रयास त गर्छ मान्छे, तर अह सधै आशै आशको हावा भरिएको मनमा फेरी मट्टितेले छर्किन्छ यही सपनाले, बिपनामा भएका कतिपय असफल कामहरु सपनामा पुरा भएको हामीले देख्छौ, फेरी बिउझीन्छौ सपनाबाट फेरी करोडपति मान्छे एकाएक रोडपति हुन्छौ, मैले कतिपटक भनेको छु एउटाको बिचार अर्कोसँग मिल्दैन यहाँ, प्रत्येक मान्छे फरक फरक ढङ्गबाट बाँचिरहेको हुन्छ, हामीले अमेरिकामा बस्ने साथीलाई फोन गरेर न्ययम ःयचलष्लन भन्यौ भने उसले न्ययम भ्खभलष्लन भनेर जवाफ फर्काइदिन्छ, भन्न त हामीले ठिकै भनेका हौँ तर उल्टो मात्रै भएको हो, यस्तै जिन्दगी पनि कति पटक उल्टो भइदिन्छ, ३६० डिग्रीको वृत जस्तै अनि ल्क् धुव्रको चुम्वक जस्तै, हामीले कल्पना गरेका कतिपय कुराहरु मान्छेको यौवन सकिएझै सकिन्छन, हामी भने त्यही यौवनको सपना देखिरहन्छौ, बस् सपना देखिरहन्छौँ ।

सँगै बाँचेर मर्ने एउटा, सपना हुन्छ ।
तर यथार्थको बिरुद्धमा किन, कल्पना हुन्छ ।।
बिगतहरु सधै सधै, पर पर सरिरहन्छन……
एउटा चाहिन्छ, अर्कै पाइन्छ, यहि नै बिपना हुन्छ ।।

मैले धेरैलाई खुसी बनाएँ, आफु रोएर अरुलाई हँसाए, कतिलाई गन्तव्यमा पठाएँ– अनि कति कति मान्छेलाई आफू जिउँदै मरेर पनि बचाँए, तर तिनिहरुले कहिलै आफुलाई बचाँउने मान्छे सम्झीएनन, बरु आफु बाँचेकोमा निक्कै गर्भ गरि टोपले, अनी जसको बदलामा मात्र एउटै शब्द बोले– धन्यबाद । केही अंग्रजी जानेकाहरुले आफू अंग्रजीमा दक्ष भएको प्रमाण देखाउन त्जबलपक पनि भने होलान, उनीहरुको यस्तो व्यवहारले केही चिस्सीयो मन–बरफ जस्तै । यहि मन बरफ भएको बेला सम्झीएथे मैले, यो गुन गर्ने जमाना होइन, तँ आफु मरेर अरुलाई बचाँउछस, तेरो यो सहयोग सहानुभुती तँ मसानघाटमा जलेर खरानी नहुन्जेल सम्म मात्रै हो, त्यसपछि त तँ मरेर जसलाई बँचाइस त्यही मानिसले तेरो खरानी पानीले बगाएर जान्छ, अर्को दिनबाट सकिन्छ नाता–अरु त के कुरा तँ मरेको दिन पनि बिर्सन्छ उसले । धत् यस्तो पनि सम्बन्ध हुन्छ, यो त सम्बन्धको नाममा कलङ्क हो उसलाई फाँसीको सँजाय हुनुपर्छ, एकतमासले चिच्चाउँछु म चिच्चाइरहन्छु ।
धोका दिने मान्छेहरुको लिस्ट बनाउने हो भने कर्णाली नदि भन्दा पनि लामो हुन्थ्यो होला त्यो, तर त्यो बनाउने समय कहाँ छ र म सँग, मैले प्रत्येक दिन बजारमा नयाँ नयाँ मान्छेहरु देख्छु, तर तिनीहरुको व्यवहार देख्दिन, मात्र देख्छु तिनीहरुका आँखा देख्छु अनि शरिर देख्छु, बस् यत्ति देखेकै भरमा बिश्वास गर्छु म–यिनिहरु सँग पनि मेरो जस्तै कोमल मुटु छ, मलाई जस्तै यिनिहरुलाई पनि दुख्छ, यसैको प्रमाणमा मेरो बिश्वास यिनिहरुको बिश्वास सँग सुम्पिन्छु म, थाहा पाउन्न मैले, कति खेर यिनिहरुले मेरो बिश्वास लिएर फरार हुन्छन, मेरो बिश्वासलाई लिएर भाग्दा के यिनिहरुको मुटु अलिकति पनि दुख्दैन, जसरी मेरो भतभती पोल्छ, यहि कुराले कतिपटक मलाई पलपल घोचिरह्यो, त्यही घोचाँइले मनको पिडा दिमागमा ठोक्कियो अनि दर्कियो आँशु बनेर आँखाबाट, मैले चाही पानी भन्दा पनि सस्तो मानेर त्यो आँशुलाई पटक पटक खेर फाँले, हुन पनि हो म जति रोएपनि कसैले कठैबरा भन्दै–बरु उल्टै एउटा मान्छे सकिए जनसङ्ख्या घट्छ भन्छ, मैले अझै सम्म ठम्याउनै सकिन मेरो जन्म सार्थक थियो कि असार्थक अह फिटिक्कै ठम्याउनै सकिन ।

जिन्दगी चलाउने बाहानामा मैले धेरै भनेको छु आफ्नो जिन्दगी आफ्नो तरिबाट जिउन पर्छ अरुको तरिकाले होईन । यसमा कत्तिले मलाई सहि हो पनि भनेका थिए तर कतिपय ले आफुले जिन्दगी ज्यूदै गर्दा अरुलाइ पनि खुसी बनाउनु पर्ने कुरा भनेका थिए । मैले पनि गजबका साथ सुनिरहे उनीहरुका कुरा एकतमासले सुनिरहे । जति कुरा आजको दिनसम्म बुझियो नि हो आजको दिन सम्म तिम्रै महसुष भएको थियो ।

बरु पलाता गाउँपालिकामा रहेको ग्याविन पुलमा हिड्न सजिलो रैछ बाबै कसैको मनमा हिड्न भन्दा । जव म तिम्रो मनमा हिडेको थिए साह्ै डर लागिरह्यो त्यो पुलमा हिड्नु भन्दा पनि पुल मुनि रहेको नेपालको लामो नदि कर्णाली पनि देखिएको थियो । तर डर भने लागेन मलाई । मैले गाउँले लाई सोधेको पनि थिए यस्तो पुलमा दाउराका भारी सहित हिड्न डर लाग्दैन । उनीहरुले मुस्कुराउर्दै गजबको जवाफ दिएथे मलाई बाबु हिडिरहेको बाटोमा कहिल्यै डराउनु हुर्दैन । त्यतिबेला मैले बुझेजस्तो गरेर टाउको हल्लाए मात्र तर बुझ्न त आज बुझिरहेको छु, । मैले कतै पढेको थिए, तिम्रो हासोको अगाडि मेरो आँसु केही होइन, तिम्रो खुसीको अगाडि मेरो पिडा केही होइन, तिमी जहाँ रहेपछि जस्को भएपनि खुसी रहनु किनकी तिम्रो जिन्दगीको अगाडि मेरो मृत्यु केही होईन । यी वाक्यले आजभोली पिरोली रहेको छ मेरो जिवनलाई पिरोलीरहेको छ । मान्छेको जीवनमा आसु दुई चोटी झर्छ । दुखमा पनि सुखमा पनि हो मेरो जति आसु सुखमा खस्यो नि त्यति आसु दुखमा पनि खसेन कारण तिमीले छोड्दैमा मेरो आसु कहिल्यै खसेन आसु त्यतिबेला झयो जति बेला तिमीले मलाई छोड्यो हो म तिमी जस्तो मान्छे त नपाउला तर तिमी त म जस्तो मान्छे पाउन मुस्किल छ । साहै मुस्कील छ ।

प्रकाशित मितिः बुधबार, पुस १२, २०७४     4:03:52 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *