सहयोगको भिक्षा माग्र्दै नेपाली

सुर्खेत पुस १७, काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका सुर्खेतका एक क्यान्सर
पीडितले आर्थिक सहयोगको याचना गरेका छन् । वीरेन्द्रनगर १२ का ३९ बर्षीय
व्लड क्यान्सरपीडित जंगबहादुर दमाईले सहयोगको याचना गरेका हुन् ।
क्यान्सर पहिचान भएको एक बर्ष भएको र अहिले काठमाडौं शिक्ष्ाँण
अस्पतालमा उपचार गराइरहेकोमा आर्थिक अभाव भएकोले सहयोगको याचना
गरिएको जंगबहादुर भाइ जयबहादुर नेपालीले बताए । अहिलेसम्म आफ्नो
जायजेथा बेचेर ६ लाख बढी खर्च भइसकेको भन्दै उनले सहयोग रकम जुटे दाजुको
रोग निको हुने डाक्टरले बताएको जनाए । सामान्य सिलाईकटाईको काम गरेर
जीवन निर्वाह गर्दै आएका जंगबहादुर व्लड क्यान्सरले थला परेपछि घरपरिवारमा
पनि चिन्ता थपिएको छ ।
उनलाई उपचारमा आर्थिक सहयोगको आवश्यकता परेकोले एभरेष्ट बैंक
सुर्खेतमा खाता खोलिएको छ । खाता नं. ०३१००५१२२००२५३ मा रकम जम्मा गर्न
सकिने भाइ जयबहादुर नेपालीले जनाए ।

प्रकाशित मितिः सोमवार, पुस १७, २०७४     3:08:10 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *