स्युना सिप्खाना सडक खण्डको काम अन्तिम चरणमा जिल्लास्तरबाट अनुगमन

कालिकोट, पुस १७ कालिकोट जिल्लाको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार र बेलायत सरकारको सहयोगमा संचालित ग्रामिण पहुँच कार्यक्रम मार्फत निर्माण गरिएको शान्तिघाट स्यूना सिप्खाना सडक खण्ड अन्तिम चरणमा पुगेको हो ।
कालिकोट जिल्लाकै पहिलो शान्घिाट स्यूना सिपखाना ग्रामिण सडकले जिल्लाको राष्कोट क्षेत्रको आर्थिक विकासका साथै स्थानिय उत्पादनहरुको बजारिकरणका लागि महत्वपूर्ण भुमीका खेल्ने भएको छ । स्थानिय साझेदार संस्था भिडिसेफ नेपाल कालिकोटको सामाजिक परिचालनमा सन् २०११ देखी जिल्लाको राष्कोट क्षेत्रमा लागु भएको ग्रामिण पहुँच कार्यक्रम मार्फत निर्माण गरिएको उक्त सडक आगामी माघ १० गते नेपालका लागि बेलायती राजदुत रिचार्डले कालिकोट आएर उद्घाटन गर्ने तयारी रहेको ग्रामिण पहुच कार्यक्रमका जिल्ला संयोजक रमेश खोताखोले बताए । उनले शान्तिघाट स्यूना सिप्खाना सडक निर्माण कार्य अन्तिम चरणमा रहेको बताउदै पुस मसान्त भित्र निर्माण कार्य पुरा गरेर माग १० गते बेलायती राजदुत रिचार्डले उद्घाटन गर्नुका साथै राष्कोट नगरपालिकालाई हस्तान्त्रण गर्ने तयारी थालिएको बताए ।
ग्रामिण पहुँच कार्यक्रमको स्थानिय साझेदार संस्था भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष मीनबहादुर बोगटीले गुणस्तरीय सडक निर्माण र महिला पुरुष समान ज्याल लगायतका नमुना कार्यले जिल्लामै नमुना कार्यक्रम भएको बताए । उनले काममा महिलाहरुलाई पनि पुरुष समानै अवसर र जिल्लामै पहिलो पटक महिला पुरुष समान ज्याला ग्रामिण पहुँच कार्यक्रमले दिने पद्धतिको विकास गरेको दाबी गरे । ‘राष्कोट नगरपालिकाका केही स्थानीय युवाहरुको रोजगारीको अवसर समेत बनेकाले जिल्लाकै उत्कृष्ट काम ग्रामिण पुहँच कार्यक्रम ¥याप थ्रीले गरेको उनले बताए ।’
३२ करोड ८१ लाख लागत इस्टेमेट गरिएको उक्त सडक आयोजनामा हालसम्म ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानी गरेर खर्च भईसकेको छ । ग्रामिण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनीलबाबु श्रेष्ठले भने, सडकमा काम गर्ने मजदुरहरुको हातमा ३० करोड १२ लाख ८० हजार मजदुरले पाएका छन् । रास्कोट क्षेत्रका ४ सय ८२ जना महिला र १ हजार ४ जना पुरुष गरी १ हजार ४ सय ८६ जना स्थानीय नागरिकहरुले हालसम्म ६ लाख ३० हजार १ सय ७१ दिन रोजगारी समेत पाएका छन् । सडक निर्माणका लागि प्रति समूह २० जनाको सहभागीता रहेको छ । उक्त सडकमा जम्मा ७२ वटा सडक निर्माण समूहले काम गरिरहेका छन् । उनले भने, प्रत्येक सडक निर्माण समुहले आफ्नो मासिक ज्यालाको १०­१० प्रतिशत आम्दानी बचत गरेर आयआर्जनका काममा लगानी गरिएको छ । जसबाट २ करोड ५ लाख २३ हजार कामदारहरुले हालसम्म बचत गरेको र जसबाट आफ्नो समुह भित्रै बिभिन्न आयआर्जनका काममा १ करोड ९७ लाख ६२ हजार ५ सय ३४ रुपैया लगानी भएको छ । सडकको निर्माणको अवस्था तथा सडकको बिभिन्न भागमा आएको जग्गा बिबाद समाधानका लागि जिल्ला स्तरबाट अनुगमन समेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाही, उप प्रमूख लक्ष्मी बिष्ट, रास्कोट नगरपालिकाका मेयर कासिचन्द्र बराल, उप मेयर मिमसरा बम शाही, साझेदारी संस्था भिडिसेफ नेपाल कालीकोटका उपाध्यक्ष नेत्र देवकोटा, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुले अनुगमन गर्दै ग्रामिण पहुँच कार्यक्रमले जिल्लाकै नमुना सडक निर्माण गरेको बताए ।
जिल्ला समन्वय समिति प्रमूख अनुपाल शाही र रास्कोट नगरपालिका प्रमूख कासिचन्द्र बरारले रास्कोट क्षेत्रलाई नगरपालिका बनाउन र यहाँको स्थानिय उत्पादनहरुको बजारीकरण गरि नगरको आर्थिक विकासका लागि शान्तिघाट स्यूना सिपखाना सडकले ठुलो योगदान दिएको बताए । स्थानिय निकायको पुनरसंरचना हुँदा राष्कोटमा ग्रामिण पहुँच कार्यक्रमले सडक नपुगाएको भएर नगरपालिका हुनबाट समेत बन्चित हुने भन्दै रास्कोटलाई राजनीतिक अधिकारी प्राप्तीका लागि पनि यसले सहयोग पु¥याएको उनीहरुको भनाई छ ।

प्रकाशित मितिः सोमवार, पुस १७, २०७४     4:09:05 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *