महिला समूहलाई मेसिन हस्तान्तरण

कालिकोट पुस २४ । जिल्लाको साविकको रकु गाविसस्थित धलपुरा महिला समुहलाई पिठो पिस्ने र धान काट्ने मेसिन बितरण गरिएको छ । साहस नेपाल कालिकोटको सहयोगमा महिलाहरुको कार्यबोझ घटाउन सहयोगी हातहरुको समूह साहस नेपाले रकु गाविसस्थित धलपुरा महिला समुहलाई पिठो पिस्ने र धान काट्ने मेसिन वितरण गरेको हो ।
७५ प्रतिशत साहस नेपालको लगानी र २५ प्रतिशत समुहको लगानीमा खरिद गरिएको उक्त मेसिनले रकुका महिलाहरुलाई पिठो पिस्न र धान काट्न सहज हुने साहस नेपाल कालिकोटका कार्यक्रम अधिकृत नमराज संज्यालले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     8:40:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *