कालिका र शान्नित्रिवेणीका ४ वडा पुर्ण सरसफाई उन्मुख

कालिकोट पुस २४ । जिल्लाको कालिका गाउँपालिका वडा नं. ४, ५ र ६ साविकको सुकाटिया गाविस पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । ग्रामीण खानेपानी तथा कोष विकास समिति फनबोर्डको आर्थिक सहयोग, भिडिसेफ नेपालको साझेदारी र कालिका गाउँपालिका ४, ५ र ६ को संयुक्त आयोजनामा पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।
कालिका गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशनबहादुर शाहीको अध्यक्षता, कालिका गाउँपालिकाका उपाध्यक्ष पम्फाकुमारी शाहीको प्रमूख आतिथ्यता तथा कालिका गाउँपालिकाका कार्यकारी अधिकृत योगेश्वर पाण्डेको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा पुर्ण सरसफाई उन्मुख वडा बनाउनका लागि योगदान दिने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा कालिका गाउँपालिका वडा नं. ४ का अध्यक्ष रामबहादुर शाही, वडा नं. ६ का वडा कर्णबहादुर खत्री, सुकाटियास्थित बिभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विद्यार्थी, अभिभावक, शिक्षक बुद्धिजीवि लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको सरसफाई सहजकर्ता अनिल बोहोराले जानकारी दिए । यस्तै कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. ६ लाई पनि पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ ।
वडा अध्यक्ष रंगराज सार्कीको अध्यक्षता तथा जिल्ला समन्वय समिति संयोजक अनिपाल शाहीको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष होईजा बुढा, भिडिसेफ नेपालका उपाध्यक्ष नेत्र देवकोटा लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको भिडिसेफ नेपालका सरसफाई अधिकृत गणेश विकले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     8:45:01 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *