ग्रामीण सडकको सुरक्षा परिक्षण

हुम्लाः हुम्लाको ससीसल्ला दार्मा र गल्फागाड श्रीनगर कालिका सडक आयोजनाको सडक सुरक्षा परिक्षण गरिएको छ । बेलायत सरकारको सहयोगमा हुम्ला जिल्लामा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरण मार्फत निर्माण सम्पन्न गरिए पछि सडकको सुरक्षा परिक्षण गरिएको हो ।
सलीसल्ला दार्मा १४.५ किमी र गल्फागाड श्रीनगर कालीका जिल्ला सडक आयोजना १२.२०५ किमी ¥याप थ्रिको केन्दीय कार्यालयबाट सडक सुरक्षा परीक्षण र जलवायु समानुकुलन परिक्षण सम्पन्न गरिएको छ । उक्त परिक्षण कार्यक्रम दुबै सडक खण्डमा यहि पुस १२ गतेदेखि सुरुवात गरि १६ गते सम्पन्न गरिएको हो ।
निर्माण कार्य सम्पन्न भएको सडकको स्तर तोकिएको मापदण्ड अनुसार भएको छ कि छैन र यातायातका साधानहरु सञ्चालन गर्दा के कस्ता जोखिमहरु आउन सक्दछन भन्ने विषयमा त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरि सो का न्युनिकरणका उपायहरु अवलम्वन गर्न यो सडक सुरक्षा परिक्षण कार्यक्रम संम्पन्न गरिएको हो भने जलवायु परिवर्तनका कारणले सडक संरचनामा पर्ने असर र सो को न्युनिकरणका बिषयमा अध्ययन कार्य गरिएको हो ।
स्थानीय सडक निर्माण बिशेषज्ञ होमनाथ लम्साल र सहायक ईन्जिनियर श्री प्रविण खत्रीको टोलीबाट गरिएको उक्त दुबै परीक्षण कार्यक्रममा जिल्ला टिम लिडर बिष्णुप्रसाद खरेल, सामाजिक विकास अधिकृत महेशप्रसाद भट्टराईलगायत दुबै सडक खण्डमा परिचालित अन्य कर्मचारीहरुको सहभागिता रहेको कुरा सामाजिक परिचालक राजबहादुर महताराले बताए ।

प्रकाशित मितिः मङ्लबार, पुस १७, २०७५     2:49:57 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *