बर्खामा हिलाम्मे, हिँउदमा धुलाम्मे

कालिकोट: कर्णाली राजमार्गको सुर्खेत देखि बढिचौर हुँदै दैलेख ,कालिकोट, मुगु सम्म जोड्ने कर्णाली राजमार्ग जिर्ण बन्दै गएको छ । राजमार्गमा बालुवा गिटि बोक्ने ट्रिपर र ट्याक्टरका कारण सडक जिर्ण बनेको हो । समयमा मर्मत सम्भार नहुँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने गरेकोे छ सडक ।

सुर्खेतको बडिचौरदेखि तल्लो डुगेश्वर सम्मको सडक खण्डमा दर्जनौं ठाउँ भत्केर कच्चीभन्दा कमजोर देखिन्छ भने डुगेश्वर देखि दैलेखखको टुनिबगर सम्मको सडक खण्डमा कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन हुने गरेको छ । यस्तै दैलेखको खिड्कि ज्युलादेखि कालिकोटको मान्म सम्म कालोपत्रे उक्किएर खाडाचक्र नगरपालिकाको कार्यालय अगाडिनै सडक धुलाम्मे हुन पुगेको छ । ‘पिच सबै उक्किइसकेको छ’, सवारी चालक पे्रम बहादुर खत्रिले भने, ‘खाल्डाखुल्डीको कुरै नगरौं’ उनका अनुसार सुर्खेत देखि तल्लो डुगेश्वर जम्मा ४६ किलोमिटर सडक पार गर्न मालबाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई चार घण्टाभन्दा बढी लाग्ने गरेको छ । फेरि सडकमा गुड्ने सवारीको संख्या बढेको छ। तर, सडकको अवस्था झन्झन् दयनीय हुँदै गइरहेको छ ।

गाडी चलाउनै कठिन

गाडि चालक हरि खत्रिमात्रै होइनन ,राजमार्गमा सवारि चालक धेरैजसोले गाडि चलाउने निकै कठिन भएरहेको बताए । शुभकालिका गाँउपालिका २ का विस्नु शाहिले चालकले दिनहुँ गालि खाइरहनु परेको बताए । वर्खामा राजमार्गमा पहिरोले हिलम्बे हँुदा राजमार्ग भरि गाडिहरुको लाम लाग्छन ,अहिले हिँउदमा धुलाले बिजोक बनाएको छ । प्रमुख जिल्ला अधिकारि चन्द्र बहादुर कार्किले एक दिनमा सयौंको संख्यामा सवारी साधन गुड्ने भएकाले समस्या समाधान नभएको बताए ।

गुराँसेको वाटोमा ठुला माललवाहक ट्रक र ठुला बसहरुलाई माथिल्लो रोडमा अनुमति नदिदा तल्लो वाटो हुदै आउने तल्लो डुगेश्वर सम्मको बाटो कामनै नलाग्ने गरि बिग्रिएको बताए । ‘यात्रुबाहक गाडी बढीमा १० टन क्षमताका हिँड्न बनाइएको सडक हो तर, २५ टन बढी बोकेका ट्रिपर दिनरात गुड्ने गर्छन् ।’ कार्कीले भने ।

जनप्रतिनिधीले चासो दिएनन्

कर्णालीे राजमार्गको स्तरोन्नतिका लागि स्थानीय बासिन्दाले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई पटक–पकट ध्यानाकर्षण गराउदा पनि पहल नगरेको गुनासो गर्न छाडेका छैनन् । प्रतिनिधि सभाका सांसद दुर्ग बहादुर रावत ,कालिकोट क्षेत्र नं. १ का नेकपाका प्रदेश सांसद् कुर्मराज शाहि, राष्ट्रिय सभाका सांसद जिवन वुढाले संसदमा समेत कुरा उठाएका छौं अव ,राजमार्गको स्तर उन्नति हुन्छ भने पनि अहिले सम्म काम भएको छैन । स्थानीयका अनुसार भत्केको सडक मर्मतका नाममा वर्षेनी लाखौं बजेट छुट्याइए पनि बालुवामा पानी हालेसरह हुने गरेको छ ।

२०६३ सालमा सुर्खेत, कालिकोट हुँदै जुम्ला सम्म जोडियो अहिले सिधा यातयात मुगु जोडिएको छ । सडक बनाउने तर मर्मत नगर्ने प्रवृत्तिका कारण सर्वसाधारणले दिनहु सास्ती खेप्नु परेको छ । सुर्खेतदेखि कालिकोट सम्मको एक सय ९४ किलोमिटर सडकको अवस्था पनि उस्तै छ । जीर्ण सडकबाट जोखिपुर्ण तरिकाले दैलेख ,कालिकोट,जुम्ला ,मुगु लगायतका क्षेत्रमा दैनकि उपभोग्य वस्तु ढुवानी गर्न बाध्य भएको व्यापारीहरुले बताउँदै आएका छन् । यता मुगुको रारा आउने पर्यटनमा समेत असर पारेको छ। (विश्वनाथ सिंखडा/राजधानीबाट)

प्रकाशित मितिः बिहिबार, पुस १९, २०७५     9:21:06 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *