आर्थिक समृद्धिका लागि सहकारी अभियान आवश्यक– शाही

कालीकोटः कालिकोट प्रदेश सभा क बाट निर्बाचित सांसद कुर्मराज शाहीले जिल्लाको विकास र समृद्धिका लागि सहकारी अभियान प्रभावकारी हुने बताएका छन् ।
आईतबार कर्णाली जडिबुटी सहकारी संस्थाको बार्षिक साधारण सभालाई उद्घाटन गर्दै सांसद शाहीले सहकारी अभियान बिना समृद्धिको अभियान असफल हुने बताए । उनले सबै नागरिकको आयआर्जनमा सुधारका लागि सहकारीमा आबद्ध भई व्यवसायी बन्नुपर्ने बताए । कर्णाली जडिबुटी सहकारी संस्थाका अध्यक्ष अजबहादुर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि समेर रहेका सांसद शाहीले कालिकोटका ग्रामिण स्तरमा पनि सहकारी बिस्तार गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश सांसद शुशिला शाही, जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाही, खाँडाचक्र नगर उप प्रमूख बिजया बिष्ट, खाँडाचक्र नगरपालिका वडाअध्यक्षहरु पुष्प गिरी, धनसिंह बिक लगायत कर्णाली जडिबुटी सहकारी संस्थामा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, पुस २९, २०७५     5:36:48 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *