१७ करोड खर्चेर निर्माण गरिएको मौषमको पूर्व सूचना दिने राडार अन्यौलमा

सुर्खेत  : सुर्खेतमा निर्माण गरिएको मौषमको पूर्व सूचना दिने राडार सञ्चालनमा अन्योल भएको छ । जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक सुर्खेतमा मौषमको पूर्व सूचना दिने राडार निर्माण गरेको हो । सुर्खेतमा रेहको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सारिएपछि १७ करोडको लागतमा निर्माण गरिएको उक्त राडर सञ्चालनमा अन्योल भएको हो ।

वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा विभागले मौषमी राडार केन्द्रको निर्माण सम्पन्न गरेको छ । विश्व बैंकका सहयोगमा इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन अमेरिकन कम्पनीले मौषमी पूर्व सूचना दिने (राडार) निर्माण गरेको हो । राडारले स्थापना भएको केन्द्रदेखी तीन सय किलोमिटर दुरीसम्मको मौसमको पूर्व अवस्थाको जानकारी दिनेछ । यसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नं. प्रदेशको मौषमको पूर्व सूचना सहजै दिने अनुमान गरिएको छ । राडारको पूर्वाधार निर्माणको ९९ प्रतिशत काम काम सम्पन्न भएको स्टक–टू काठमाडौंका प्रतिनिधि ईश्वर गिरीले जानकारी दिए ।
राडार सञ्चालन भए पछि यसले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको वहाव, बादलको अवस्था, चक्रवातको वहिर्भावको स्थिति, असिना, हिउ, चट्याङ लगायत बाढीको जोखिमको पुर्वानुमान गर्ने छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय कोहलपुर सारिए पछि राडर हस्तान्तरणमा ढिलाई भएको छ ।
करोडौं लागतमा निर्माण गरिएको राडारको प्रमुख सूचना संकलन गर्ने केन्द्र सुर्खेतमा राख्न प्रयास भइरहेको जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्माले बताए । ‘कर्णालीकै हितका लागि कोहलपुरभन्दा सुर्खेतमा कार्यालय राख्न आवश्यक छ’ उनले भने ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     1:47:30 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *