हिमपातपछि जनजिवन प्रभावित

हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ । कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो । सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कर्णालीको कालीकोट लगायतका जिल्लामा चिसो निकै बढेको छ ।
कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका अन्य जिल्लामा हिमपात र पानी परेको छ । कालिकोटमा हिमपात हुनुका साथै पानी पनि परेको छ । हिमपात र अविरल परेको पानीले बालबालिका, वृद्धवृद्धालाई चिसोले सताएको छ । बालबालिका र वृद्धवृद्धालाइ न्यानो कपडाले सुरक्षित गर्नुपर्ने कालीकोटका स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
हुम्ला मुगु र जुम्लामा पनि भारी हिमपात भएको छ । हिमपातले विभिन्न स्थान र डाँडाकाँडा सेताम्य भएका छन् । कर्णालीको उच्च पहाडी जिल्लामा अधिकांश बस्ती हिउँले ढाकिएका छन् । कालिकोटका लेकाली गाउँमा हिउँ जमेको छ ।
हिमपातसँगै कर्णालीको उच्च भागमा तापक्रम माइनस ८ डिग्री सेल्सियस आएको मौसमविदले जानकारी दिएका छन् । हिमपात भएको ठाउँमा पिउने पानी समेत चिसोले जाम भएको छ । लामो समयपछि हिमपात र पानी आउदा किसान भने खुशी देखिएका छन् । खडेरीले हिउँदे वालीमा निकै संकट ल्याएको थियो । पानी पर्दा किसानलाई राहत भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । हिमपात र पानीले गरि खाने आसा पलाएको रास्कोट नगरपालिका २ का परि न्यौपानेले बताउनुभयो ।
लामोसमयपछि पानी र हिउँपरेपछि यहाँका स्थानीय बासीमा खुसीका रङ भरिएका छन् । स्थानीय कृषक परेग न्यौपानेले भन्नुभयो ‘यस वर्ष हिउँदमा पानी परेको थिएन बाली सुक्ने चिन्ताले सताएको थियो अव बाली राम्रो हुने भयो ।’

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     2:52:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *