पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे

कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडक खण्ड हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । कर्णाली राजमार्गको सुर्खेत देखि बढिचौर हुँदै दैलेख, कालिकोट, मुगु सम्म जोड्ने कर्णाली राजमार्ग पछिल्लो समय जिर्ण बन्दै गएको छ । हिउँदमा धुलाम्मे र पानी परे हिलाम्मे हुने कर्णाली राजमार्गमा सवार गर्ने यात्रुले सास्त्री खेप्नु परीरहेको छ ।
कर्णाली राजमार्गमा बालुवा गिटि बोक्ने ट्रिपर र ट्याक्टरका कारण सडक जिर्ण बनेको हो । समयमा मर्मत सम्भार नहुँदा घाममा धुलाम्मे र पानीमा हिलाम्मे हुने गरेकोे छ । कर्णाली राजमार्गको सुर्खेतको बडिचौरदेखि तल्लो डुगेश्वर सम्मको सडक खण्डमा दर्जनौं ठाउँ भत्केर कच्चीभन्दा कमजोर देखिन्छ भने डुगेश्वर देखि दैलेखखको टुनिबगर सम्मको सडक खण्डमा कालोपत्रे उक्किएर सवारी साधन चलाउन कठिन हुने गरेको छ ।
दैलेखको खिड्कि ज्युलादेखि कालिकोटको मान्म सम्म पनि सडकको विच विच भागमा पानी जमेर खाल्डाखुल्डी हुने गरेपछि यात्रुहरुलाई यात्रा गर्न र चालकलाई गाडि चलाउन पनि सकस परेको छ । खाडाचक्र नगरपालिका–२ को गैरा गाउँमा ४ दिन अघिदेखि परेका अविरल बर्षाले गर्दा गाडिलाई आवत जावत गर्न गाहे हुने गरेको छ । कालोपत्रे उक्किएपछि सडक विभागले ठाउँ ठाउँमा माटोले पुरेपछि पानीले माटो बगाउँदा कर्णाली राजमार्ग हिलाम्मे बनेको हो । खाडाचक्र नगरपालिकाको कार्यालय अगाडिनै सडक हिलाम्मे हुन पुगेको छ ।
पिच सबै उक्किइसकेको छ, सवारी चालक धनबहादुर बुढाले भने, ‘खाल्डाखुल्डी परेपछि माटो हालिएको हो, ४ दिनसम्मको पानीले माटो बगाएपछि बाटो हिलाम्मे भयों’ उनका अनुसार कर्णाली राजमार्गमा हिउँद के बर्खा गाडि चलाउन मुस्किल हुने गरेको सुनाए । गाडि चालक धनबहादुर खत्रीमात्रै होइनन, राजमार्गमा सवारि चालक धेरैजसोले गाडि चलाउन निकै कठिन भएरहेको बताएका छन् । गाडि चालकले गाडि चलाउन मात्र नभएर अलि समय ढिलो भयो भने गालि समेत खानुपर्ने बाध्यता गाडि चालनक विस्नु विकले बताए । उनले भने, ‘बर्खामा राजमार्गमा पहिरोले हिलाम्मे हँुदा राजमार्ग भरि गाडिहरुको लाम लाग्छन, अहिले हिउँदमा धुलाम्मे हुन्थ्यो ४ दिनदेखिको वर्षाले बर्खामा झै समस्या आएको विकले बताए ।’
‘यात्रुबाहक गाडी बढीमा १० टन क्षमताका हिँड्न बनाइएको सडक हो तर, कर्णाली राजगमार्गमा २५ टन बढी बोकेका ठुला मालबहाक गाडि गुड्ने गरेपछि बाटोको स्वरुप नै बदलिएको छ ।

प्रकाशित मितिः सोमवार, माघ १४, २०७५     3:56:56 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *