हामी शास्त्रको कुरा गर्छौं कि समाजका !

रमेश रावल
केही दिन अघि धादिङ्गमा प्रहरी कार्यालयले पक्राउ गरेको ४ किलो सुन राजश्व कार्यालयमा पुग्दा तामा । चितवनका किसानले २ रुपैयाँ किलोमा काउली बिक्रि नहुँदा डोजर लगाए । काभ्रेका किसानले काउली बिक्रि हुन नसक्दा तोरी फुल जस्ता भए भैसीलाई खुवाउन लागेँ । किसानहरुले दुधको भाउ नपाएर सडकमा पोखेँ ।
एका बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सरकारले लिएको भ्रष्टाचारीलाई देख्ने नसक्ने बताइरहँदा नेपालमा भ्रष्टाचार नघटेको तथ्याङ्क भ्रष्टाचारविरुद्ध सक्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल दिउसो सार्वजनिक गर्छ । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ३१ अंक मात्र पाएर नेपाल १२४ औं स्थानमा परेको छ ।
आजकालका समचार प्रायः यस्ता आउने गर्दछन् । प्रहरीले पक्राउ गरेको सुन राजश्व कार्यालय जादाँ कसरी तामा बन्छ होला ? बजारमा तरकारी र दुधको हाहाकार भएको बेला किसानहरुले सस्तो मुल्यमा पनि बिक्रि किन पाउँदैनन् होला ? बिहान प्रधानमन्त्रीले बिहान बोलेको कुरा दिउसो नै नपत्याउने अर्को संस्थाले अर्को तथ्याङ बाहिर ल्याउँछ । अनि हामीले कसका कुरा कसरी पत्याउने ? यस्ता प्रश्नको उत्तर नखोजी केवल सबै नेपालीको मुखमा झुण्डिएको छ । ‘सुखी नेपाली समृद्ध नेपाल’ ।
पहिलो समचारले के देखाउँछ भने हाम्रो राज्य संरचना कति कमजोर रहेछ । जहाँ कडा सुरक्षाका बीचमा रहेको सुन कसरी तामा बन्यो ? द्रोश्रो समाचारले हामी अहिले तरकारीको बजारमा चरम अभाव छ । महङ्गोमा भान्सामा तरकारी पाक्ने गरेको अवस्थामा किसानले २ रुपैयाँ किलोमा पनि तरकारी बेच्न पाएका छैनन् । बिदेशबाट अर्बौको तरकारी आयत गर्छौ । सरकारले भ्रष्टाचारीलाई देख्न सक्दैनौ भन्छ । अर्को संस्थाले भ्रष्टाचार मौलाएको तथ्याङक बाहिर ल्याउँछ । अनि यो समाजले कसका कुरा पत्याउने । कसले बोलेको सहि भन्ने ?
अहिले समाज परिवर्तन र रुपान्तरणका कुरा गरिहेका छौं कि शास्त्रका कुरा । वास्तबिक नेपालीलाई लाग्दो हो अहिले हामी सबैले शास्त्रका कुरा मात्र गरेका छौं, समाजका कुरा गरेका छैनौं । अहिले देश संघीयतामा गएको छ । तीन तहका सरकार बनेका छन् । सबैको नारा समृद्धि हो भनेका छन् । समृद्धि कहाँबाट आउँछ कसरी आउँछ त्यो समृद्धि भनेको के हो ? हामीले केही गमेका छैनो । केवल शास्त्रका कुरा मात्र गरेका छौं । समाज विकास कुनै योजना नै छैन् । केवल ओठे बोलीमा रहेको शास्त्रका कुरा गरिहेको छौं । समृद्धि र विकास भनिरहेको छौं । त्यो विकास र समृद्धि कसरी आउँने त्यसका आधार के हुन ती खोजेका छैनौं ।
समाज परिवर्तन शास्त्रका कुराले हुने हैन् । समाज परिवर्तन त समाजमा रहेका हरेक बिकृति बिसंगती हटाएर मात्र संम्भव छ । हामीमा रहेको बिकृति नहटाएर हामी समाज परिवर्तनको कुरा गर्न थालेका छौं । समाजका रहेका बिकृति हटाउन राज्यले बलपूर्वक नलागी केवल शास्त्रका कुरामा हामी रमाउन थाल्यौं भने समाज परिवर्तन हैन् । केवल बिकृति र बिसंगति हामीले निम्त्याई रहेका छौं । त्यही बिकृति बीचमा अहिले हामी समाज रुपान्तरण खोजेका छौं । समाजमा रहेका बिकृति र बिसंगति नहटाई समाज रुपान्तरण हुनै सक्दैन् ।
हामी नेपालमा कृषि क्रान्तिका कुरा गर्छौं । देशमा नै युवाहरुलाई रोजगारी दिने कुरा गरेका छौं । किसानहरुले दुई रुपैयाँ किलोमा तरकारी बिक्रि हुदैँन् भने कसरी कृषि क्रान्ति होला । अनि देशमा कसरी रोजागारी सृजना होला । हामीको उत्पादन गरेको बस्तुको बजारीकरण पनि प्रमुख कुरा हो । बजारीकरण हुनैसक्दैन भने किसानले कसरी उत्पादनमा बढावा दिन सक्छ । अहिले किसानहरुले आफ्नो बारीमा उत्पादन गरेको बस्तु बजारीकरण गर्न सकेका छैनन् । किसानको बारीमा उखु कुहिएको छ । स्याउमा बारीमा नै कुहिएको छ । तरकारी फडानी गरिएको छ । नेपालमा किसानहरुले उत्पादन गरेका बस्तुहरु बारीमा कुहिएको अबस्थामा हुम्ला र डोल्पामा दैनिक हवाइजहाज भारतीय तरकारी महङ्गोमा गइरहेको छ । मुगुमा ट्रक ट्रक भातीय तरकारी जान्छ । यस्तो अवस्थामा नेपालको अर्थतन्त्रमा कसरी हामीले शास्त्रका कुरा मात्र गरेका छौं । ब्यवहारमा समाजमा भएका बिकृतिको कुरा गरेका छैनौ ।
नेपालमा रहेको तिन तहका सरकारले अपवाद बाहेक कसैले पनि विकास र रोजगारीको मोडेल बनाउन सकेका छैनन् । अहिले जताजतै विकास भनेको सडक हो त्यो डोजरले खने मात्र भन्ने विचारको विकास हुदैँ गएको छ । कारण स्थानीय रोजगारी पाउन भन्ने छैन् कि आफ्ना आफन्तहरुले कसरी डोजरबाट पैसा कमाउने कसरी आफुले कमिसन खाने भन्ने सोचका साथ विकास योजना निर्माण गर्न थालियो भने कसरी विकास हुन्छ होला । विकास गर्छौ भन्ने कुरा पनि त्यही शास्त्र बिषय भए ।
सरकार र कर्मचारी संयन्त्रमा अहिले दलालहरुले चलाइरहेको ब्यापक चर्चामा आउँने गरेका छन् । दलालहरुको चंगुल फसेको बर्तमान राज्य संयन्त्र निमूलीकरण नगरी कसरी देशको विकास कसरी हुन सक्ला ? भर्खरै संसदमा पारित भएको चिकित्सा बिद्ययकमा पनि माफियाको संग्लनतामा पारित भएको छ भनिरहेका छ प्रतिपक्षले त्यसका जफाव सरकारले दिन सकिरहेको छैन् । सुनकाण्ड र वाइडबडी काण्ड नेपालका लागि सामान्य जस्तै भए । देशमा समाज सुधार कुरा हामी जस्ता भइमान्छे नागरिक के कुरा गर्नु ? ३३ केजी सुनकाण्डमा ६३ जना समातिएर तर, ३३ किलो सुन अहिलेसम्म पनि पत्ता लाग्न सकेन् । पहिला बाइडबडी खरिदमा भ्रष्टाचार भएको भए राजनीतिबाट सन्यास लिन्छु भन्ने मन्त्री संसददीय लेखा समितिले ४ अर्बभन्दा बढी रुपैयाँ भ्रष्टाचार भएको भनि ठहर गर्दा पछि त्यो कुरा मलाई थाहा भएन भनेर मन्त्री नै भन्छन् । अनि नैनिकताको कुरा हामीले त के सिकाउँनु ।
अहिले यो देशका राजनीतिक दल, नेता, सरकार सबैले सबैले विकास निर्माण, देशको आर्थिक बृद्धिदर, रोजगारी, उद्योगधन्दा कलकारखाना खोल्ने सबै काम पढिएका लेखिएका शास्त्रका आधारमा गरिरहेका छन् । लेखिएका पढिएका शास्त्रका आधारमा देश विकास हुदैँन त्यसका लागि तिब्र इच्छाशक्ति लगनशिलता चाहिन्छ । इच्छाशक्ति र गगनशिलता नभइ केवल केवल शास्त्रका कुराले देशको विकास हुनसक्दैन् । परिमाण केही नदिने चर्का चर्का भाषण गरेर जग हसाउँने काम हुदैँ आएको छ ।
त्यसैले हामीले जहिले पनि शास्त्रका कुरा गरेर स्थानीय रोजगारी नदिएर केवल दलालहरु मात्र मोटाउने शास्त्र बनाउन थाल्यौ भने समाजको हैसियत के होला ? अहिले हामीले केवल ‘आफ्ना लागि मनि माइन्ड’ बनाउन थालेका छौं । समाजका केही गर्न सकेका छैनौं । शास्त्र अनुसार समाज परिवर्तन नभइकन समाज रुपान्तरण हुदैँन् । त्यसैले समाज रुपान्तरणमा लाग्न जरुरी रहेको छ । केवल शास्त्र रुपान्तरण गरेर केही हुदैँन् ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     2:01:58 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *