मर्दै छ मेरो कलम

रमेश रावल
मैले पत्रकारिता गर्न थालेँको झण्डै दुई दशक हुन थाल्यो । पत्रकारिता धेरै आरोह र अवरोह पार गर्न पाएको छु । धेरै मिडियामा लेख, रचना र समचार वाइलाइनमा लेखिसकेको छु । यो ढुक्कसँग भन्नसक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन् । बरु सस्तो श्रम गरेर पत्रकारितामा बाचीरहेको छु । मलाई पत्रकारिता दुर्गम विकट क्षेत्र मनपर्छ । मैले धनगढी, काठमाडौंमा रहेर पत्रकारिता गरेर अहिले कालिकोटमा पत्रकारिता गर्दैछु ।
मैले समचार लेख्दाका रोचक प्रंसग छन् । मैले गएको हप्ता ‘जनप्रतिनिधिहरुको सवारी साधन मोह’ समचार लेखेँ । कालिकोट जस्तो विकट जिल्लामा बिरामी बोक्न एम्बुलेन्स छैन् । तर, कालिकोटका सबै स्थानीय तहका जनप्रतिनीधिहरुले सवारी साधन खरिद गरेका छन् । त्यो समचार लेखिसकेँपछि एक जना जनप्रतिनीधिले ‘तपाईले हामीलाई राज्यले दिएको सेवा सुबिधा रोक्ने समचार लेख्ने ?’ भनेर प्रश्न गरे । ती जनप्रतिनिधिलाई के थाहा रहेनछ भने नेपाल सरकारको कुनै कानुनमा पनि जनप्रतिनिधिका लागि अनिवार्य सवारी साधन दिने भनेको छैन भनेर । मैले उनलाई जफाव दिए ‘तपाई आफै आफ्नो कार्यबिधि बनाएर सवारी साधन चढ्नु भएको हो । राज्यको कुनै कानुनमा जनप्रतिनीधिलाई सवारी साधन दिने भनेको छैन् ।’ अहिले ती जनप्रतिनीधि बदला लिने भन्दैछन् रे !
एक दशक अघि मैले एउटा समचार पश्चिम नेपालमा खोटो संकलनमा बढी बिषादी हालिएका कारणले सल्लाका रुख सुक्न थाले भनेर समचार लेखेँ । मेरो समचारले खोटो संकलन गर्ने कम्पनीका म्यानेजरले फोन गरेर तपाईले लेख्नु भएको समचारका कारणले मेरो परिचय ठाउँ ठाउँमा हुन पायो । तपाइलार्ई बधाई छ । चिया सँगै खाऔं भेटौन सर भने । मैले उनको चिया खान गइन् । धन्यवाद भनेर टारिदिए ।
यसको दुई बर्ष अघि कालिकोट जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी लिएर असार मसान्तमा नजिकिँदै गर्दा एलडिओ साव सिक्किम भ्रमणमा गएका थिए । त्यो समचार मैले राष्ट्रिय पत्रिकामा लेखेँ । उनलाई मन्त्रालयबाट फोन गरेर किन गएको भनेछन् । तर, ती एलडिओ यति खुसी थिए कि पछि भेट हुँदा तपाईले समाचार लेख्नु भएको कारणले म सिक्किम भ्रमण गएको कुरा यो जिल्लाका मान्छेलाई मात्र थाहा थियो । अहिले देशमा नै प्रचार भयो । तपाई धन्यवाद भने ।
७० दशकको शुरुमा नै म कालिकोट जिल्लाको एउटा लोकल पत्रिकामा काम गर्नका लागि कालिकोटमा आएको थिए । यहाँ आउँदा धेरै बेतिथि देखेँ । त्यसका बिरुद्ध समाचार लेखेँ । आएको दुई महिना नै लखेटिनु पर्यो । फेरी सबैको पहलमा स्थापित कालिकोट जिल्लामा भएँ । तर, यता त्यही कारणले होकि क्या हो । सिधा औला त कसैले उठाउदैँन् । ठाउँ ठाउँमा अपमानित चाहि हुनु परेको छ ।
एक जना पत्रकार मित्रले मलाई ‘तपाईले धेरै बिषयमा समचार लेखेर के हुन्छ ?’ छाडिदिनुस भने ।
यी उदारणहरुले के देखाउँछ भने देशका कर्मचारी, नेता, जनप्रतिनिधि, समाजका बौद्धिक बर्ग कसैमा पनि आलोचनात्माक चेत छैन् । सुझाव ग्रहण गर्ने सामर्थ राख्न सक्दैन् । सबैले कलमलाई केवल मृत बनाउन चाहन्छन् । जिवित कलमसँग समाजमा हरेक गलत काम गर्ने मानिसहरु डराउँनु पर्ने हो । तर, उ निर्धक भन्छ, ‘कलम केवल मृत अवस्था छ ।’
समाजमा हरेक क्षेत्रले अहिले कलमलाई मृत बनाउन खोजेका छन् । नेपालमा एनसेल कर छली, वाइडवडी लगाएतका अर्बौं भष्ट्राचार भएका छन् । अख्तियारले केवल १५ सय भष्ट्राचार गर्ने पक्राउ गर्छ । अर्बौं भष्ट्राचार भयो भनेर अघिल्लो दिन समचार लेख्ने कर्पोरेड मिडिया हाउसहरुले भोली पल्ट ज्याकेट विज्ञापन पाउँछन् र अनलाईलाइनहरुको रुट ब्लक हुन्छन् । अनि मिडिया मालिकहरुले पनि बौद्धिक पत्रकारहरुको हातमा रहेको जिवित कलमलाई मृत बनाउन लागि पर्छन । पत्रकारहरु आफ्नो रोजीरोटीका लागि गुपचुप त्यो कुरा सहन्छन् ।
समाजमा रहेका बौद्धिक मानिससँग आलोचनात्माक चेत हराउँदै गएमा समाज गुमराहमा रहन्छ । बौद्धिक मानिसहरुले समाजलाई सही दिशा दिनका लागि हरेक गतल प्रवृति, गलत बिचार र सरकारले गर्ने हरेक कदमको दुरगामी असर, फाइदा, महत्व बोध गर्नुपर्ने हुन्छ । बौद्धिक जगतले यो काम गर्न सकेन भने समाज कुन अवस्थामा रहन्छ, त्यो भन्न सकिन्न ।
अहिले नेपाली सामाज र बिश्वमा समाज पनि बौद्धिक जगतलाई एउटा आरोप लाग्दै आएको छ । त्यो भनेको सत्ताका वरिपरि घुम्न थालेँ । उनी एकेडेमी पदमा जानका लागि सत्ताको गुनगान गाउन थालेँ ।
पत्रकारितामा त्यही आरोप लाग्न थालेका छ । मिडियाहरु विज्ञापन पाउनका लागि समचार लेख्न थालेँ र विज्ञापन पाएपछि चुप लाग्छन् । मिडियाका कर्पोरेट हाउसका मालिकहरुले भनेको अनुसार चल्न थालेँ र सम्पादकिय स्वतन्त्रता मर्दै गयो ।
बिश्व केही जसले आफुलाई सबैभन्दा लोकतान्त्रिक भन्छन् । ति देशका शासन गर्नेहरुले आलोचना गर्नेलाई हत्या गर्ने, धम्की दिने र मार्ने क्रम तिब्र भएको छ ।
केही उदारणहरु दिनुपर्दा भर्खरै मात्र साउदी अरेबियाको राजपरिवारका आलोचक पत्रकार जमाल खग्गोसी सन् २०१८ को अक्टोबर २ मा टर्किको इस्तानबुलस्थित साउदी दुताबासमा हत्या भयो । भारतमा पनि जेएनयु बिश्वबिद्यालयका बामपन्थी बिद्यार्थी कन्यैहा कुमार बिरुद्ध मुद्धा दायर भएको छ । चीनको कुरा छोडौं नेपालमा पनि त्यसको प्राराम्भीक रुपमा केही झिल्का देखिदैँछन् । जसका कारणले यो आर्थिक बर्षमा मात्र समाचार लेखेको निहुँमा १५ जनाभन्दा बढी पत्रकारलाई प्रहरीले साइबर कानुनमा मुद्दा चलाएको छ ।
जहिले पनि, जुनसुुकै देशमा शासकिय स्वरुप र चरित्र भनेको स्वस्थ्य आलोचना सहन गर्न सक्ने क्षमता हुदैँन् । नेपालमा अहिलेका तिनै तहका सरकार मन्त्रीहरु, स्थानीय सरकारका प्रतिनीधिहरु ठाउँ ठाउँमा मिडिया प्रति सार्वजनिक आलोचना गर्दै आएका छन् । ती प्रतिनीधिहरु भन्दैछन् ‘हामीलाई मिडियाले सधै आलोचना मात्र ग¥र्यो ।’ तर, कुशल शाशकहरुले जहिले पनि अरुको आलोचना सुन्न सक्ने क्षमता राख्दछन् । ब्यवहारमा सुधार ल्याउछन् ।
जसरी बिश्वका मिडियाका कर्पोरेट हाउसहरुले समाजमा रहेका गलत प्रवृतिका बिरुद्ध आलोचना गर्न थालेँ कि तिनीहरु बन्द भएका छन् कि त बार्गेनिङ्ग गर्ने साधनका रुपमा प्रयोग भएका छन् । नेपालमा पनि साना लगानी र ठुला लगानीका मिडियाहरु पनि त्यसको शिकार बनेका छन् । नेपालमा अहिले च्याउ सरि खुलेका अनलाईनहरुमा एउटा एउटा समचार हुन्छ अर्कोमा अर्को । ठुला भनिएका पत्रिकामा पनि त्यही । अनि जनताले कसरी सत्य सूचना कसरी पाउँने ? कसको सत्य मान्ने ? साधारण जनता जहिलेपनि अन्यौलतामा बाच्न बिवश बनाउने हामी कलमजीवि !
नेपालका बौद्धिक जगतले ठुलो आलोचना गरेर लेखेको हुन्छ । अर्को बौद्धिक भन्ने मानिसले उसको खुब समर्थनमा लेखेको हुन्छ । समाजको ऐना भनिएहरुका बीचमा यस्तो स्थिति भए समाजले सहि सूचना कहिले पाउने ? हामी जस्ता कलमजीविहरु एक अर्काको समर्थन बिरुद्धमा लेख्दै बस्ने, जनताले पारस्परिक बिरोधी समचार, लेख पढेर एक आपसमा झगडा गरेर बस्ने, अनि नेपाली समाजको प्रगति कहिले हुने ? कलमलाई केवल मृत कलम बनाउने अनि समाज पनि मृत हुदैँ कहिलेसम्म जाने ?

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     8:07:57 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *