५ दिने प्रशिक्षक प्रशिक्षण तालिम मान्ममा सुरु

स्वास्थ्य पोषण शिक्षा र बालसंरक्षण सम्वन्धि ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम मान्ममा सुरु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ग्रामिण विकास तथा प्रयार्वरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोटको आयोजना र तिलागुफा नगरपालिकाको समन्वयमा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेका बालबालिकाको स्वास्थ्य सुरक्षित र उचित लालनपालनको संरक्षण गरि शान्त बातावरणमा पूर्ण क्षमता विकास गर्ने उद्देश्यका साथ सन् २०१९ देखि २०२० सम्मलागु भएको शुभारम्भ परियोजनाले आफ्ना सामाजिक परिचालक र तिलागुफा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको हो ।
तिलागुफा नगरपालिकामा रहेका सुनौला हजार दिनका आमाहरुलाई गुणस्तरी स्वास्थ्य पोषण सेवा प्रदान, जन्मेदेखि ३ वर्षका बालबालिकाको शारीरिक बृद्धि विकास गराउने, जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि लगायतका काम तिलागुफा नगरपालिकामा गर्ने गर्ने छ भने तिलागुफा नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई सामान्य मर्मत र मेसिनरी सामाना खरिद, आमा समुहमा पोषिलो खाना बनाउने सम्वन्धि परामर्श लगातका काम गर्नका लागि कालिकोटमा पहिलो पटक भिडिसेफ नेपालद्धारा शुभारम्भ परियोजना लागु भएको हो । भिडिसेफ नेपाल कालीकोटका उपाध्यक्ष राजेन्द्र कुमार शाहीको अध्यक्षता तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीको प्रमुख आतिथ्यता तथा उप्रमुख दर्शना नेपालीको विशेष आतिथ्यतामा भएको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गरिएको हो ।
५ दिन सम्म चल्ने तालिमको उद्घाटन गर्दै नगरप्रमुख रतनबहादुर शाहीले शिक्षा, स्वास्थ्य, बालसंरक्षण, र पोषण लाई पहिलो प्राथमिकतामा नगरले राखेको उल्लेख गरे । उनले भने, ‘शुभारम्भ परियोजनाले तिलागुफाको पोषणको अवस्था हेरेर न्युनिकरण गर्ने छ ।’ शिक्षा स्वास्थ्यमा कहाली लाग्दो अवस्था तिलागुफाको भएकाले शुभारम्भ परियोजनाले शिक्षा स्वास्थ्यमा उल्लेख्नीय सफलता हासिल गर्नेमा आफु विश्वस्त रहेको प्रमुख शाहीले बताए । उनले शुभारम्भ परियोजना भनेर तथ्यांक संकलन गरि झोला बोकेर मात्र नहुने भएकाले जनताले बास्तविक स्वास्थ्यामा परिवर्तन भएको महशुष गर्ने गरी काम गर्न सामाजिक परिचालकहरुलाई आग्रह गरे । ५ दिन सम्म सिकेका कुराहरुलाई ग्रामिण बस्तीमा लागुगर्नुपर्ने सुझाव दिए । स्थानीय जनप्रतिनिधि आईसकेपछि विकास निमार्णमा मात्र ध्यान दिएकाले नगरको शिक्षाको अवस्था कमजोर भएकाले परियोजनाले नगरलाई सहयोग गरि शिक्षाको गुणस्तर बृद्धि गर्नेमा विश्वस्त रहेको बताए । उनले परियोजनालाई आफुले आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तत्पर रहेको सुनाए ।
तालिमको उद्धघाटनमा बोल्दै नगर उपप्रमुख दर्शना नेपालीले तिलागुफा नगरपालिकाले यस्तो परियोजना सुरुदेखि नै खोजेको बताइन् । उनले शुभारम्भ परियोजना नगरका लागि सकारात्म परियोजना भएकाले नगरले गर्ने सहयोगमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरीन् । शुभारम्भ परियोजनामा काम गर्ने सामाजिक परिचालक स्वास्थ्यकर्मी भएकाले तिलागुफामा परियोजनाको काम बाहेकका दिनमा स्वास्थ्य संस्थामा गएर सेवा दिन आग्रह गरिन् । ५ दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षण तालिमको सहजिकरण सागर ज्ञवाली लगायतले गर्ने भएका छन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     5:34:31 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *