डाक्टर पाएपछि स्थानीय खुसी

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँले लामो समयपछि डाक्टर पाएको छ ।
डाक्टर सुवास शर्मा सरुवा भएर जिल्ला बाहिर गएपछि डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रले २ जना विषशेज्ञ डाक्टर पाएको छ । नरहरीनाथ गाउँपालिकाका वडा नं ३ का वडा सदस्य चन्द्रप्रसाद उपाध्याय र गाउँपालिकाको पहलमा लामो समयपछि स्वास्थ्य केन्द्रले डाक्टर पाएको हो ।
नरहरीनाथ गाउँपालिकाका स्थानीय नागरिकले विषशेज्ञ डाक्टर पाएपछि गाउँमै सिंहदरबार आएको महसुस गरेका छन् । लामो समयको प्रयासपछि डाक्टर पाएका र्छौ नरहरीनाथ गाउँपालिकाका स्थानीय नागरिक एवं जनप्रतिनिधि चन्द्रप्रसाद उपाध्यायले भने अव स्वास्थ्य सेवा आफ्नै गाउँ ठाउँबाट पाउने भएका र्छौ ।
‘यातायात असुविधा र विपन्नताका कारण थलिएका बिरामीले आफ्नै गाउँमै सेवा पाउँदा हामी निकै खुसी छौं’, नरहरीनाथ गाउँपालिकाका स्थानीय महेन्द्र विश्वकर्माले भने, ‘अव प्राथमिक स्वास्थ्य केन्द्रबाट सवै सेवा पाउने भएका र्छौ ।
‘आँखा, पेट, नाक, कान, घाँटी जस्ता समस्याको विरामीले जिल्ला जानुपर्ने बाध्यता हट्ने भएको छ । सानो विराम पर्दापनि जिल्ला अस्पताल जानुपर्ने बाध्यता हट्ने भएको हो । कर्णाली प्रदेशको दैलेख दुल्लुबाट डाक्टर विवेक कोइराला र सुर्खेतको दशरथपुरबाट डाक्टर अशोक पन्त नरहरीनाथ गाउँपालिकामा सरुवा भएर आएपछि यहाँका स्थानीयले भव्य स्वागत गरेका छन् ।
१ वर्ष पहिलेदेखि डाक्टर विहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रवाह गर्नका लागि डाक्टर नरहरीनाथ गाउँपालिकामा आएपछि स्थानीयले स्वागत गरेका हुन् । विशषेज्ञ डाक्टर नरहरीनाथ गाउँपालिकामा आएपछि अव प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा प्रवाह हुने नरहरीनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक लंक बटालाले बताए । उनले भने लामो समय भएको थियो विशषेज्ञ डाक्टर नभएकाले सेवा प्रवाहमा समस्या भएपनि अव सम्पूर्ण सेवाहरु प्राथमिक स्वास्थ्य केन्द्रबाट हुने बताए ।
विभिन्न जिल्लाबाट सरुवा भएर आएका डाक्टरले आफुले सिकेको सिपलाई प्रयोग गरि विरामीको हेरचाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । डाक्टरद्धय विवेक कोइराला र अशोक पन्तलाई स्वागत गर्दै गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाले वडा सदस्यको विशेष पहलमा लामो समयपछि डाक्टर पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्, ‘नरहरीनाथ गाउँपालिकामा डाक्टरको दरवन्दी हुदा पनि काजमा आउने र जाने गरेकाले यहाँका नागरिकले स्वास्थ्य सेवा नपाएको बताइन् । ’ भौगोलीक हिसावले कठिन गाउँपालिका भएकाले डाक्टरले यसलाई अप्ठ्यारो नमानि यहाँका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरिन् ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     3:15:00 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *