गित संगितमा जम्दै कालीकोटे ठिटो

कालीकोटः उदयमान युवा लोक गायक विज्ञान रोकायाको नौलो प्रस्तुती ‘कर्णालीका सैना’ अत्यन्तै मिठो शव्द संगितमा मार्मिक देउडा गित बजारमा आएको छ ।
कालीकोट जिल्लाको राष्कोट नगरपालिकाको रानागाउँमा वि.स २०५२ साल भर्दौ १० गते जन्मिएका गायक रोकाया अहिले गित संगितमा जम्दै गएका गायक हुन् ।
अहिलेसम्म २ दर्जनभन्दा बढी गितमा स्वर भरिसकेका रोकाया पछिल्लो समय कर्णालीको लोक सस्कृति, भाषाको संरक्षणमा जुटेका छन् । २ वर्षअघिदेखि गित संगितमा लागेका रोकायाले लोकदोहोरी, लोकपप, ¥याप लगायतका गितमा स्वर दिएका छन् । भने पछिल्लो समय देउडामा छाउर्दै गएका कलाकार हुन् ।
राष्कोटमा जन्मिएका रोकाया अहिले काठमाण्र्डौलाई कमथलो बनाई गित संगितमा अहोरात्र खटिरहेका छन् । ‘कर्णालीका सैना’ गित बजारमा आएपछि कर्णालीको भाषा संस्कृतिको संरक्षणमा आफु सदैभ लागि परेको प्रतित्रिया दिए ।
कर्णाली प्रदेशका विभिन्न स्थानलाई आफ्ना गितका शव्दमा समेटेर लेखिएको गितले कर्णालीको बास्तविकता बोलेको छ । कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रलाई विशेष महत्वदिएर कोरीएका शव्दले जो कसैलाई पनि एक पटक कर्णालीमा घुम्नका लागि लोभ्याईएको छ ।
उनको भखरै बजारमा आएको ‘कर्णालीका सैना’ बोलको देउडा गितमा कर्णालीकै चर्चित गायिका इरानी सुन्दरी भाम र विज्ञान रोकाया आफैले स्वर भरेका छन् भने लय शव्द पनि आफै सिर्जना गरेका हुन् । शेर साउँद र आस्सी मगरको अभिनय रहेको गितमा विनोद बाजुरालीले एरेन्ज गरेका छन् । यस गीतलाई मालाश्री रेकडिङ्गले बजारमा ल्याएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २०, २०७५     11:55:42 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *