निजि मेडिकलवाट औषधि खरिद

 

विश्वनाथ सिम्खाडा
कालिकोट
जिल्ला अस्पताल कालिकोटमा औषधि अभाव भएको छ । एक महिना देखि फार्मेसिमा हुनुप्रर्ने औषधि नहुँदा विरामीले निजि मेडिकलबाट चर्को मुल्यमा औषधि किन्न वाध्य भएका छन् । अस्पतालमा औषधि अभाव हँुदा अस्पताल नजिकैका निजि मेडिकलहरुवाट महंगो मुल्यमा औषधि किन्नु पर्दा विरामीहरु मर्कामा परेका हुन् । औषधिको अभाव हुँदा अस्पताल वाहिरका निजि मेडिकलहरुवाट खरिद गरी विरामीलाई दिनु परेको अस्पतालमा संचालित फार्मेसिमा कार्यरत पुष्कर शाहिले वताए ।
शाहिका अनुसार, फार्मेसीमा अहिले दैनिक जसो आवश्यक पर्ने एन्टिबायोटिन, दमका विरामिहरुका लागि चाहिने विटाटु, विकामियम, पिसाव पोल्ने विरामीहरुको लागि चाहिने अल्का लाइजर लगायतका औषधि अभाव छ । हामिले अस्पताल वाहिरका निजि मेडिकलहरुवाट २० हजारको औषधि खरिद गरि जेनतेन चलाएका छौ । दिनहँु विरामीको गुनासो र धम्कि खानु पर्छ । अस्पताल व्यावस्थापन र प्रशासनले समयमै चासो नदिदा फार्मेसिमा औषधि अभाव भएको हो ।
क्षेत्रीय मेडिकल स्टोर नेपालगंजमा औषधि माग गरेको महिनौं भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाः भिष्म पोखरेलले बताए । ‘लिखित र मौखिम माग गर्दा गर्दै थाक्यौं,’ उनले भने, ‘अब दिक्क लागेर ताकेता गर्न पनि छाड्यौं ।’ प्रदेश महातहत अस्पताल गइसकेको छ । तर पनि अस्पतालको अवस्था नाजुक छ । यतिमा होइन जिल्ला अस्पतालमा विरामी वोक्ने एम्बुलेन्स पनि छैन । अहिले १५ शैयाको अस्पताल ५० शैयामा स्तरोन्नितका लागि भवन निर्माण हुदैछ । साघुरो भवनमा विरामीलाई सेवा दिन निकै कठिनाई भएको बताए ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५     3:23:33 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *