गायिकाले गित गाउदा संगितकारको आपत्ति

कालिकोट:     संगीतकार तथा गायक बसन्त सापकोटा र टंक बुढाथोकी बिच विवाद उत्पन्न भएको छ । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो फेसबुकमा पोस्ट गरेको एक स्टाटसको स्क्रिनसटलाई बसन्तले आफ्नो फेसबुक आईडिमा पोस्ट गर्दै ‘अग्रजलाई सम्मान गर्न सुझाएका छन् । यति मात्र हैन बसन्त साप्कोटा टंक बुढाथोकि सित आक्रोसित पनि भएका छन ।
टंक बुढाथोकीले यसरी प्रतिक्रिया दिएका छन ।। हजुरहरु धेरैको प्रतिकृया अनुसार समीक्षा अधिकारी नानी हाम्रो स्टुडियो सम्म आइपुग्नु भएको छ र मेरो सङ्गितको पहिलो काम गराएका छौ । नानी लाइ हेरेर सबैले साथ दिनहुन अनुरोध गर्दछु ।” भन्दै समिक्षा अधिकारीको लागि पहिलो काम आफु वाट भएको लेखेका छन् । यता त्यसैलाई बसन्तले स्क्रिनसट गर्दै “टंक भाई अग्रजहरुको सम्मान गर्न सीकौं ल समिक्षा को पहिलो गीत चलचित्र( नाई नभन्नु ल ५ )को गीत (बालपनको उमेर )सबैतिर चर्चित भैसकेको र सबैको प्रेरणाले नानी अगाडी बडिरहेको अबस्तामा यो काम त सुर्यलाई हत्केलाले छोप्न खोजे जस्तो भएन र ? कि भाई अर्कै दुनिया बाट आउनु भएको हो ? तपाँईको यो लेखाईले तपाँईको उचाई कम गराऊँछ !यसले न समिक्षालाई फरक पर्छ न मलाई फरक पर्छ !!!” लेखेका छन् ।

यसअर्थमा यी २ गायक तथा संगीतकार बिच विवाद उत्पन्न भएको छ । उक्त पोस्ट गरेपछि उता टंक पनि आफ्ना फ्यान तथा सुभाचिन्तकहरु बिच आलोचित भएका छन् । किन भने पोस्टमा टंकले आफ्नो संगीतमा समीक्षाको पहिलो काम भनेका छन् तर समीक्षाले यसअघि नै फिल्म “नाई नभन्नु ल ५”मा ‘बालापनको उमेर’ भन्ने गीत गाईसकेकी छन् । जुन गीतले निक्कै चर्चा पाएको छ । यहि कुरालाई लिएर बसन्तले पोस्ट गरेका हुन् ।
गायक सर्विन वोगटीले नव गायिका समिक्षा अधिकारीको गित गाउने अधिकार नखोसियोस् भन्दै आफ्नो फेसवुकमा लेखेका छन् ।

टंक बुढाथोकीको उक्त संगितमा चर्चित लोक गायक सर्विन वोगटी र नव गायिका समिक्षा अधिकारीले स्वर दिएका छन ।

प्रकाशित मितिः सोमवार, चैत्र १८, २०७५     1:22:13 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *