नरहरिनाथका वडामा सार्वजनिक सुनुवाई

कालिकोट:   जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको गुनासो बढ्दै गएपछि जिल्लाको नरहरिनाथ गाउँपालिकाले आफ्ना प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ ।
जनप्रतिनिधिलाई सुशासन, पारदर्शिता र जवाफदेहिता सिकाउनका लागि जिल्लाको नरहररिनाथ गाउँपालिकाले वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरेको हो । गाउँपालिकाद्धारा वडाले गरिरहेको कामलाई चुस्त दुरुस्त जनताको माझमा प¥याउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, प्रक्रियाअनुसार उपभोक्ता समिति गठन नगरिएको, कतिपय योजनागत बजेट गुपचुपमा राखिएको जस्ता गुनासो जनस्तरबाट उठेको छ ।
कार्यक्रममा स्थानीय नागरिकले वृद्धभत्ता र शिक्षकले तलव नपाएको गुनासो समेत गरेका छन् । नरहरिनाथ गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो प्रदेश आवाजकोे सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरिएको छ । दिगो विकासका लागि सुशासन र पारदर्शितामा गाउँपालिका नचुकेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले हरेक नागरिकले सूचनको हक प्रयोग गरेर गाउँपालिकाका सूचना माग गर्न अनुरोध समेत गरिन् । हामी अनियमितता गर्दैर्नौ यदि कसैलाई शंका छ भने सूचना माग्न पाउने अधिकार भएकाले सूचना माग गर्न सुझाव उपाध्यक्ष बुढाले दिइन् ।
विकासका क्रियाकलापमा उपभोक्ता समिति र उपभोक्ता दुवैले सहयोग गरे दिगो विकासका काम गर्न सकिने भएकाले विकास निमार्णमा सवैले साथ दिनुपर्ने बताइन् । उनले अहिलेसम्म गाउँपालिकाको वडा नं १ २ ३ ४ ५ ६ र ७ मा सार्वाजनिक सुनुवाई सम्पन्न भएको जानकारी दिइन् ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १९, २०७५     4:24:43 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *