२२ जना कृषकलाई मौरी सहित घार वितरण

कालीकोटः व्यवसायिक मौरी पालन गरि आयआर्जन तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि कालिकोट जिल्लाको राष्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका २२ जना कृषकहरुलाई मौरी सहित घार वितरण गरिएको छ ।
मौरी पालन व्यवसाय मार्फत आर्थिक रुपमा सवल बनाउनका लागि सहयोगी हातहरुको समुह (सहास नेपाल) सिफल्स परियोजनाको आर्थिक सहयोगमा जिल्लाको राष्कोट नगरपालिकाको कोलीगाउँ र सान्नित्रिवेणी गाउँपालिकाको मेहलमुढीका गरि २२ जना कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरि एपिस सेरेना जातका मौरी, मौरी घार, पञ्जा, टोपी लगातयका सामाग्रि वितरण गरिएको छ । देवदार समुह कोलिगाउँका ११ जना र पोरीवन महादेव महिला समुहका ११ जना गरि २२ जना कृषकलाई मौरी सहितका घार वितरण गरिएको हो ।
स्थानीय किसानहरुको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यले किसानहरुलाई उक्त मौरी सहितको घार वितरण गरिएको परियोजना अधिकृत नमराज संज्यालले जानकारी दिए । उनले २ वटा स्थानीय तहका ११÷११ जना कृषकलाई जनही १÷१ वटा मैरी सहितका घार वितरण गरिएको बताए । यसले किसानहरुको जीवन स्तर उकास्ने बताउदै उनीहरुको जीवनको अन्य पाटोमा पनि परिवर्तन ल्याउने विस्वासका साथ मौरी सहितको घार वितरण गरिएको संज्यालले जानकारी दिए । उनले भने, ‘३ दिने तालिम पश्चात किसानहरुलाई मौरी सहितको घार वितरण गरियो ।’ मौरी पालन सम्वन्धि ३ दिने तालिम लिइसकेपछि २ वटा स्थानीय तहका २२ जना कृषकलाई सहास नेपालको २ लाख २ हजार ६ सय सोह् र समुदायको ५२ हजार २ सयको लगानिमा मौरी सहितका घार वितरण गरिएको परियोजना अधिकृत संज्यालले बताए ।
मौरी घार वितरणगर्दै सान्नित्रिवेणी गाउँपालिकाका लेखापाल मलिम रावतले मौरी घार वितरण पश्चात उत्पादन हुने महले उचित बजार भाउ प्राप्त गर्नुपर्ने बताए । उत्पादित महको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने धारणा रावतको छ । आधुनिक मौरी घार वितरण पश्चात परम्परागत रुपमा घरका भित्ता र धुन्ग्रे घारमा मौरी पालन गर्दै आएका कृषकलाई ब्यवसायिकिकरणमा निकै सहयोग पुगेको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिए । मौरीपालक किसानहरुलाई व्यवसायीक र आत्मनिर्भर बनाउनका लागि ३ दिने तालिम संचालन गरिएको कृर्षि विकास शाखाका पदम बहादुर नेपालीले बताए । उनले भने, ‘पहिलो चरणमा ३० जना मौरीपालक किसानलाई ३ दिनको आधारभुत तालीम दिएर व्यवसायीक मौरीपालन गर्न तिर अग्रसर गरार्यौ ।’

प्रकाशित मितिः बुधबार, चैत्र २०, २०७५     4:36:11 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *