घर आगनमै शल्यक्रिया सेवापाएपछि स्थानीय हर्षीत

कालीकोट: कर्णाली प्रदेशको कालीकोटमा दुइ दिने निः शुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पु¥याउने लक्ष्य लिइय संगै विहिवार देखि शिविर सुरु गरेको हो । नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकाश मन्त्रालयको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा शिविर आयोजना गरीएको हो ।
नेपाल नेत्रज्योति संघ कालीकोट शाखाका सभापति खडानन्द पाण्डेको सभापतित्व, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्य तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीको विशिष्ट आतित्यमा भएको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शाहीले कर्णाली प्रदेशका जनतालाई घर आगनमै आँखा उपचार सेवा दिने उद्धेश्यले शिविरको आयोजना गरीएको बताए । त्यस्तै संघका केन्द्रिय सदस्य, कर्णाली प्रदेशका संयोजक कृष्णकुमार गिरीले कर्णाली प्रदेशका जनतालाई निःशुल्क आँखा उपचार सेवा दिन प्रदेश सरकार संग अवधारणा पेस गरेको र सोही अनुरुप काम सुरु गरेको बताए । उनले अव कोही कसैले पनि पैसाको अभावका कारण आँखा उपचार सेवाबाट बन्चीत हुन नपर्ने बताए । ‘अव कोही पनि आर्थिक अभावका कारण उपचार सेवा नपाई दृष्टी विहिन्ताको समस्याबाट बस्नुपर्नेछैन् हामीहरुले प्रदेश सरकार संग समन्वय गरी कर्णाली प्रदेशका जनतालाई उज्यालो प्रदान गर्नेछौं –गिरीले भने । दाङ शाखाका सभापति समेत रहेका गिरीले प्रदेश सरकारले आँखा उपचार सेवाका लागि दुई करोड रकम दिने बचन दिएको समेत बताए । ‘अव हामीहरु कर्णाली प्रदेशका सवै स्थानमा पुगी आँखा उपचार सेवा दिनेछौं,जुम्ला र कालीकोटमा शिविर आयोजना गरी सयौलाई उज्यालो दिएकाछौं उनले भने । कर्णाली प्रदेशमा मोतिविन्दुका कारण धेरैले दृष्टि विहिनताको समस्या खेपेको भन्दै अव त्यसलाई न्यूनिकरण गर्ने बताएकोछ । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डाक्टर सुरेश रसाइलीले आफुहरुले कर्णाली प्रदेशमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गर्ने लक्ष्य रहेको बताए । दृष्टि विहिन्तालाई न्यूनिकरण गर्न सहयोगी बन्न आएको भन्दै सवै जनतालाई सहज सेवा दिने बताएका थिए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य नन्दबहादुर शाही, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मलगायतले बोलेका थिए। कार्यक्रममा कालीकोटका ८२ बर्षिय आइले तिरुवाले घर आगनमै विशेषज्ञ डाक्टरबाट शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउदा आफुहरु खुसी भएको बताएका थिए । त्यस्तै जुम्ला– १ का ८९ बर्षिय शेरे सार्कीले पनि पहिलोपटक आँखा चेकजाँच गराएको र निःशुल्क चश्मा पाउँदा खुसीभएको बताएका थिए । शविरमा पहिलो दिन सात सय बढीको आँखा चेकजाँच र एकसयबढीको मोतिविन्दुको शल्यक्रिया गरीने राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए । राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा.सुरेश रसाइली, नेत्रअधिकृत, नेत्रसहायकलगायत २० जनाको प्राविधिक टोलीले शल्यक्रिया तथा आँखा चेकजाँच गर्ने सूचना अधिकारी बालाराम खड्काले जानकारी दिएकाछन् । दुई दिन सम्म सञ्चालन हुने शिविरमा अछाम, जुम्ला,दैलेख कालीकोटका विभिन्न जिल्लाबाट एक दिन अघीनै कालीकोटको मान्म बजार आइपुगेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र २१, २०७५     1:27:13 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *