२५ जना गर्भवती महिलाहरुलाई फलफुल वितरण

 

कालीकोटः ७१ औं स्वास्थ्य दिवसको अवसरमा तिलागुफा नगरपालिकाका २५ जना जना गर्भवती महिलाहरुलाई फलफुल वितरण गरिएको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा रहेको स्वास्थ्य र्चौकी चिल्खाया र सेभ द चिल्ड्रेन भिडिसेफ नेपाल कालीकोटको साझेदारीमा संचालित सुभारम्भ परियोजनाको सहयोमा ७१ र्औ विश्व स्वास्थ्य दिवसका अवसरमा चिल्खायामा रहेका २५ जना गर्भवती महिलाहरुलाई एक कार्यक्रमको आयोजना गरि फलफुल वितरण गरिएको हो ।
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सवैका लागि स्वास्थ्य नारालाई आत्मसाथ गर्दै सेभ द चिल्ड्रेन भिडिसेफ नेपाल कालीकोटको सहयोगमा स्वास्थ्य र्चौकी चिल्खायाले एक कार्यक्रमको आयोजना गरि भव्य रुपले स्वास्थ्य दिवस मनाएको हो । स्वास्थ्य चौकी चिल्खायाका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भिडिसेफ नेपाल कालीकोटका परियोजना अधिकृत डम्वर बहादुर रोकायाले सवैले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने धारणा राखे ।
कालीकोट जिल्लामा अझै पनि स्वास्थ्यमा अधिकाँस नागरिकले ध्यान नदिने गरेको भन्दै रोकायाले सवैले स्वास्थ्य संस्थामा गई आफ्नो स्वास्थ्य चेकजाँच गराउन आग्रह गरे । स्वास्थ्य मानिसको धन हो तर पनि प्रायले स्वास्थ्यलाई स्वास्थ्यलाई ध्यान दिईरहेका हुदैनन् । विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप र बिलासिता जिवन शैलि तर्फ उन्मूख भएर अधिकाँश व्यक्तिले स्वास्थ्यलाई पछाडि पारिरहेकाले आफ्नो स्वास्थ्यको आफै ख्याल गर्न आग्रह गरे ।

स्वास्थ्य जीवनको अपरिहार्य तत्व हो र स्वस्थ जीवन पाउनु एउटा नागरिकको नैसर्गिक अधिकार भएकाले सवैले स्वास्थ्यमा ख्याल राख्नुपर्ने धारणा राखे । उनले भने ‘हामी अस्वस्थ भयौँ भने हाम्रो सोचबिचार विवेक पनि अस्वस्थ हुन्छ । स्वास्थ्य नै सम्पति हो भन्ने बुझौ ।’ सफल जीवन जिउनको लागि स्वस्थ्य रहन एकदमै आवश्यक पर्दछ । रोकायाले भने ।
कार्यक्रमको समापन गर्दै स्वास्थ्य चौकी चिल्खायाका स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर रोकायाले गाउँगाउँमा आएर सेभ द चिल्ड्रेन भिडिसेफ नेपाल कालीकोटले स्वास्थ्य सम्वन्धि जानकारी गराएको भन्दै खुसी व्यक्त गरे । अझै पनि कालीकोटका अधिकाँश स्थानीय तहमा गर्भवती अवस्थामा पनि स्वास्थ्य चौकी नजाने परम्परा कार्यमै रहेकाले यसो नगर्न उनले आग्रह गरे । विश्व स्वास्थ्य दिवसको अवसरमा ५५ जनाको ¥याली सहित भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सेभ द चिल्ड्रेन भिडिसेफ नेपाल कालीकोटको सहयोगमा तिलागुफा नगरपालिकाका प्रत्येक स्वास्थ्य चौकीले ७१ र्औ विश्व स्वास्थ्य दिवस भव्य रुपमा मनाएका हुन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५     5:03:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *