३४ वर्षमै जीवनमरणको दोसा“धमा मनरुप

कालीकोटः गत असोज महिनामा सामान्य विरामी भएर अस्पताल पुगेका मनरुप परियारले त्यतिबेला छाँगाबाट खसेको अनुभूति गरे, जब डाक्टरले उनका दुवै मृगौला खराब भएको बताए । डाक्टरबाट दुवै मृगौलाले काम नगर्ने सुनेपछि उनलाई आकाश झरेझैँ लाग्यो, धर्ती भासिएझैँ भयो । जुन कल्पनासमेत गरेका थिएनन् परियारले ।
कालीकोट जिल्लाको साविकको चिल्खाया गाविस–१ हाल तिलागुफा नगरपालिका–९ चिल्खायामा स्थायी रुपमा बसोबास गर्दै आएका ३४ वर्षिय मनरुप अहिले उपचार गर्ने रकम नहुँदा जीवन मरणको दोसाँधमा छन् ।
मान्छे जन्मेपछि मृत्यु हुनु स्वाभाविकै हो । तर, श्रीमान र ३ छोराछोरीको भविष्य सम्झदा मुटु र्नै काप्ने गरेको मनरुपकी धर्मपत्नी छिता परियारले सुनाइन् । घरको आर्थिक अवस्था कमजोर छ, कसरी उपचार गराउँ छिताले भनिन् । घरका उनी माईला छोरा हुन् । उनका एक छोरा र दुई छोरी छन् । कमाउने मान्छेनै अहिले रोगले थला परेर अस्पतालमा भर्ना परेपछि परियारको परिवारमा ठूलो संकट परेको छ । कमाउने मान्छे नै अहिले विरामी भएर बाच्नु न मर्नुको दोसाधमा छन् ३ छोराछोरीको विचल्ली छ । छिताले भनिन् ।
विगत ७ महिनादेखि उनी अस्पतालमा उपचार गराइरहेका छन् । केही दिन अघिमात्र डाइलोशिस गर्नका लागि कोहलपुरमा बस्न खानको अभाव भएपछि अहिले चिल्खाया घरमा ल्याइसकेको उनका छिमेकी माया जिसीले बताइन् । मनरुपका जेठादाजुले आफ्ना मृगौला दिएर भाईलाई बचाउँछु भन्दा पनि प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन नसक्दा समस्या परेको छिता परियाले दुखेसो गरिन् । उनका अनुसार ‘असोजदेखि श्रीमानको उपचारका लागि ७ लाख भन्दा बढी खर्च भईसकेको छ ।’
‘असोजदेखि अहिलेसम्म ७ लाख भन्दा बढी खर्च गरि सक्र्यौ’ माईतीबाट भाईले ३ लाख भन्दा बढी सहयोग गरे अहिले भाईको घरमा पनि आगलागि भएपछि सहयोग गर्ने मान्छे नभएपछि आफु तिलागुफा नगरपालिकामा सहयोगका लागि पुगेको बताइन् । झोला भरी औषधि र पर्चा बोकेर नगरपालिकामा आएकी परियारका लागि तिलागुफा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । तिलागुफा नगरपालिकाका उपप्रमुख दर्शना नेपालीले आर्थिक सहयोगका लागि लेखिएको चिठ्ठी बुझ्दै मृगौला पीडित परियारलाई काण्माण्र्डौ सम्मको खान बस्न र औषधि निशुल्क गरिदिने प्रतिबद्धता गरिन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २५, २०७५     5:12:19 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *