शैक्षिक सुधारका लागि १ दिने गोष्ठि सम्पन्न

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–३ मा रहेको रमा माध्यामिक विद्यालय कालशिल्ला कुमालगाउँमा शैक्षिक सरोकारवाला विच गोष्ठि सम्पन्न भएको छ ।
नरहरिनाथ गाउँपालिकामा वद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि १ दिने गोष्ठिको आयोजना गरिएको हो ।
भिडिसेफ नेपाल कालीकोटको आर्थिक सहयोग तथा सहजिकरण रमा माध्यामिक विद्यालयको आयोजनामा १ दिने शैक्षिक सुधारका लागि शैक्षिक सरोकारवाला बिच गोष्ठीको आयोजना गरिएको थियो । रमा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापती उपाध्यायको अध्यक्षता नरहरिनाथ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष टक्क विष्टको प्रमुख आतिथ्यता तथा शिक्षक अभिभावक संघका अध्यक्ष रणबहादुर बुढाको विशेष आतिथ्यतामा गोष्ठि सम्पन्न भएको छ ।
शैक्षिक गोष्ठीमा बोल्दै प्रमुख अतिथि वडा नं ३ का वडाअध्यक्ष टक्क बिष्टले शैक्षिक सुधारका लागि वडा कार्यालयबाट बजेट छुट्याइ उपचारात्क कक्षा समेत सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले शिक्षा नै मुख्य भएकाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । विद्यार्थीहरुले आफैले पनि मेहेनत गरेर पढेमा शिक्षामा छोटो समयमै फट्को मार्न सकिने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई सधै विद्यालय पठाउने पर्ने धारणा राखे । उनले शिक्षाको विकासका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरेकाले अव त्यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सवैको सहयोग आवश्यक रहेको बताए । त्यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति उपाध्यायले शैक्षिक सुधारका लागि आफू लागि पर्ने वताए । विद्यालयका प्रधानाध्यापक हरिश्चन्द बटालाले कक्षा दोहो¥याउने दर निराकरण गने, सिकाई उपलब्धी वृद्धि गर्ने र विद्यालयको चौतर्फि वातावरण रचनात्मक रुपमा सुधार गर्नका लागि सबै पक्षको साथको आवश्यक रहेको बताए । गोष्ठिको सहजीकरण गर्दै शंकरप्रसाद उपाध्यायले विद्यालयमा बालबालिका नियमित गराउन र विद्यालय छोडेका बालबालिकाहरु भर्ना गर्न आफ्नो निरन्तर प¥यास रहने र न्यून आय भई विद्यालय छोड्ने अवस्थाका बालबालिकाहरुको पहिचान गरी अभिवावकलाई आर्थिक वृद्धि गर्नका लागि आय आजनका क्रियाकलापमा सहयोग गर्दै आइरहेको धारणा राखे । गोष्ठिको संचालन शिक्षक रत्न प्रसाद उपाध्यायले गरेका थिए । उक्त गोष्ठीमा शैक्षिक सुधारका लागि १५ बुदे बार्षिक शैक्षिक सुधार योजना निर्माण गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र २८, २०७५     6:25:20 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *