पनाती देख्नपाए, नागरिकता देख्न पाइन्

कालिकोटः राष्ट्रियसभाका सांसद जीवन बुढाका १०६ बर्षिया हजुरआमा मया बुढा अहिलेसम्म पनि नागरिकता बिहिन छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म पनि नेपाली नागरिकता पाइकी छैनन् ।
बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवा र सुबिधाबाट बन्चित भएकी छन् ।बुढाका श्रीमान धेरै बर्ष पहिले बितेका सबै छोराछोरीहरुको मृत्यु भइसकेका कारणले नाता प्रमाणित गर्ने कुनै आधार नहुँदा नागरिकता बिहिन भएकी हुन् ।
बिगतमा महिलाहरुको नागरिकता खासै आवश्यकता नहुने नागरिकता बनाउने चलन नभएका कारणले उनी अहिलेसम्म पनि नागरिकता बन्चित भएको स्थानीय बिरेन्द्रबहादुर बुढाले बताए । ‘पहिला महिलाहरुको खासै नागरिकता बनाउने चलन थिएन् ।’ उनले भने,‘नागरिकताको आवश्यकता नपर्ने भएका कारणले पनि नागरिकता नबनाएको होला ?’
बुढा भन्छिन्,–‘गाउँगाउँमा सिंहदरबार आएपछि सेवाबाट बन्चित भएँ’
नेपालमा २०६३÷०६४ सालमा आन्दोलनपछि देशमा गाण्तन्त्रको बेला बुढाले सरकारी सेवासुबिधा सबै पाएका भएपनि गाउँगाउँमा सिंहदरबार आएपछि सेवा सुबिधाबाट बन्चित भएको बुढाले बताइन् । ‘देशमा गणतन्त्र आएपछि सरकारी सेवा सुबिधा पाएँ ।’ उनले भनिन्,‘अहिले गाउँ गाउँमा सिंहदरबार आएपनि सेवा सुबिधाबाट बन्चित छुँ ।’
संबिधानसभाको २०६४ सालको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका कारणले मतदान गरेको भएपनि अहिले नागरिकता आधारमा मतदाता परिचय पत्र बनाएका कारणले आफुसँग नागरिकता नभएका कारणले मतदानबाट बन्चित भएको बुढाको भनाई छ ।
२०६४ सालबाट बृद्धभत्ता खाएको र स्थानीय सरकार बनेपछि बृद्धभत्ताका लागि नागरिकता खोजेपछि त्यो सुबिधाबाट पनि बन्चित हुनुपरेको बुढाले बताइन् । ‘पहिला पहिला हाम्रो जमानामा महिलालाई नागरिकता आवश्यकता थिएन् ।’ उनले भनिन्,‘अहिले नागरिकता नभएका कारणले सेवा सुबिधा बन्चित भएँ । नागरिकता बनाउने कुनै आधार पनि छैन् ।’देशको नीति निर्माण तहमा आफ्नो नाती भएपनि आफुले नागरिकता समेत पाउन नसकेको बुुढाले बताइन् । ‘देशको नीति नियम मेरो नातीले बनाउछ भन्ने सुनेकी छु ।’ उनले भनिन्,‘त्यो नीति नियम भनेको के हो ? मलाई थाहा नै छैन् ।’
बुढाले आफुले पनाती पनातीनी देखेको भएपनि आफ्नै देशको नागरिकता देख्न नपाएको गुनासो गरिन् । ‘हामी यही देशमा परापूर्वकालदेखि बस्दै आएका छौं ।’ उनले भनिन्,‘मैले आफ्ना सन्तानका सबै नाता देखिसकेँ । तर, आफ्नै देशको नागरिकता देख्न पाएको छैन् ।’
सांसद बुढा भन्छन्,‘नाता प्रमाणित गर्ने नहुँदा बन्चित’
नाता प्रमाणित गर्ने आफ्नो परिवारमा कोही नहुँदा हजुरआमाको नागरिकता बनाउन नसकिएको सांसद जीवन बुढाले बताए । ‘हजुरबुवा पहिले नै बित्नुभयो । बुबाका भाइहरु बितिसकेँ ।’ उनले भने,‘अहिलेको नियम अनुसार नातीले नाता प्रमाणित गर्न मिल्दैन रहेछ ।’
पहिला पहिला आवश्यक नदेखिएपनि अहिले आवश्यकता परेको हजुरआमालाई सदरमुकाम बोकेर ल्याउँदा पनि समस्या हुने भएकाले नागरिकता बनाउन नसकिएको सांसद बुढाले बताए । ‘हामीले नागरिकता शिविर गाउँमा चलाउन पहल थालेका छौं ।’ उनले भने,‘त्यही बनाउने तयारी गरेका छौं ।’
नरहरिनाथ गाउँपालिका सडक संजालले नछोएको र हिड्न नसक्ने हजुरआमालाई बोकेर लैजादा बिरामी हुने समस्या रहेको सांसद बुढाले बताए ।
सम्बन्धित फोटो
१) १०६ वर्ष सम्म नागरिकता विहिन राष्ट्रिय सभा सदस्य माननिय जिवन बुढाकि हजुरआमा। तस्बिर विश्वनाथ सिम्खाडा

प्रकाशित मितिः शुक्रबार, चैत्र २९, २०७५     4:33:18 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *