बिजुली बाल्न पाउँदा स्थानीय खुसि

कालीकोटः को पलाता गाउँपालिकामा विद्युत संचालनमा आएप्छि स्थानीयबासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् ।
पलाँता गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्र रहेका सम्पूर्ण घरधुरीमा विद्युत पु¥याउने उद्देश्यका साथ दुर्सि खोला लघु जलविद्युत आयोजनाको उद्घाटन पछि गाउँमा विद्युत बलेपछि स्थानी बासीले खुसीयाली मनाएका छन् । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ६० प्रतिशत र पलाता गाउँपालिकाको ४० प्रतिशत लगानीमा पालिकाले प्रत्येक घरधुरीमा विद्युत सेवा पु¥याउनका लागि लघु जलविद्युत निमार्णका लागि धमाधम काम गरिरहेको छ भने केही आयोजनाको उद्घाटन गरि संचालनमा समेत ल्याएको छ ।
पलाता गाउँपालिकाको उज्यालो कार्यक्रम अन्तर्गत ५ वटा लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छाले बताए । विद्युत सेवा बिस्तारका लागि गाउँपालिकाले पलाँता विकास निर्माण कार्यदल परिचालन गरेको छ । उनले भने, ‘हामीले यसै वर्ष विद्युत घर–घरमा र्पुयाउँछौँ भनेका थियौँ, सोही अनुसार विद्युतमा मात्र हामीले ८० जनाको विकास निर्माण कार्यदल प्रयोग गरेका छौं ।’
गाउँपालिकाले पालिका स्तरमा छुट्टै उर्जा शाखा स्थापना गरी संचालनमा ल्याइएका विद्युत मर्मत सम्भार कोषको व्यवस्थापन गर्ने बमले जानकारी दिए । उपभोक्ता समितिको अगुवाइमा कार्य सञ्चालन गर्ने गरी विद्युत सेवा बिस्तारका लागि जनराज बम, कर्मसिह बुढा र कलबहादुर बमलाइ जिम्मेवारी दिएर विद्युत निमार्ण गरेको थियो ।
विद्युत् सुविधापछि विद्यार्थीलाई पढ्न पनि सहज हुनुको साथै मट्टितेल र टुकी सोलार बाल्नुपर्ने बाध्यता हटेको छ । ‘दिउँसोको समयमा विद्युतको सदुपयोग गर्दै कुटानी पिसानीको मिल सञ्चालन गर्ने लक्ष्य रहेको छ,’ लघुजलविद्युत आयोजना निमार्ण उपभोक्ता समितिका अध्यक्ष जनराज बमले बताउनुभयो । आयोजनाको रेखदेख गर्न र बिजुलीको महशुल उठाउन स्थानीयले रोजगारसमेत पाउने भएका छन् । स्थानीय खोलाबाट निकालेको बिजुलीबाट गाउँ झिलीमिली भएको र विद्युत् सुविधाले विस्तारै गाउँको विकास हुने स्थानीयवासी पूर्णसिंह बमले बताउनुभयो । विद्युत् सुविधाले बत्ती बाल्नको अतिरिक्त स्थानीयवासीको सञ्चारमा पहुँच पुगेको छ ।
पलाँताको सबैभन्दा ठूलो दुर्सिखोला लघु जलविद्युत आयोजना हो । १०० किलोवाट क्षमताको यो आयोजना पलाँता गाउँपालिकाको वडा नं १, २, ३ र ८ का स्थानीय नागरिकले बत्ति बाल्न पाउने भएका छन् । २१ किलोवाट क्षमताको दाम्रीगाड लघु जलविद्युत आयोजना बाट वडा नं ९ का सबै घरधुरीमा बिद्युत सेवा बिस्तार भएको छ । भने औलाखोला लघु जलविद्युत आयोजना ७० किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट पलाँता ४, ५ र ६ वडाका सबै घरधुरीमा विद्युत सेवा विस्तार भएको छ । आयोजनाको क्षमता ७० किलोवाट भए पनि खपत ३० किलोवाट मात्र भएको वडा नं. ४ का अध्यक्ष ऐनराज महताराले जानकारी दिए ।
त्यस्तै घुचिखोला लघु जलविद्युत आयोजना ३५ किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट पलाँता ७ का दुर्सि, दैनिकर र फागोटी बस्तीमा १५ किलोवाट बत्ती खपत भएको छ । बाँकी २० किलोवाट पनि वडा नं. ७ का अन्य बस्तीमा खपत हुने वडाध्यक्ष ब्रजबहादुर बमले बताए । तलसेरी मेट्रोहाइड्रो ४ किलोवाट क्षमताको आयोजना हो । यस आयोजनाबाट लेकतिर फलफुल खेती गरिहरेका २ सय मौसमी बस्तीहरुले बत्ती बाल्नेछन् । बर्षाको समयमा यहाँका किसानहरु स्याउ, आरु, नास्पती, आलु, सिमी लगायतका बालीहरु कुर्न लेकतिर बसाइ सर्ने भएकाले लेकमा बस्ने स्थानीयका लागि ४ किलोवाट क्षमताको विद्युत निकालेको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । उनले यी सवै अयोजना निमार्णका लागि करिव ७ करोड रकम खर्च भइसकेको जानकारी दिइन् ।
घर–घरमा शुद्ध खानेपानी, सबै वडामा सडक, एक टोल एक बगैचा, प्रत्येक वडामा सामुदायिक स्वास्थ्य इकाइ र सबैघरमा उज्यालो पलाँता समृद्धिका लागि ५ महत्वपूर्ण कार्यको थालनी गरि गाउँपालिकाले काम गरिरहेको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख २, २०७६     10:44:40 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *