गाउँ –गाउँमा अभिभावकलाइ सचेतना कार्यक्रम सुरु

कालीकोटः जिल्लाको नहरीनाथ गाउँपालिका वडा नं १ मा रहेको नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाअन्तरगर्तका सेवा क्षेत्र भित्र रहेका टोलमा अभिभावक सचेतिकरण कार्यक्रम सम्पन्न भयको छ । शैक्षिक सत्र ०७६ को भर्ना अभियानसंग अभिभावकहरुका लागि शिक्षा कार्यक्रम गर्न सुरु गरिएको छ ।
शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाफल प्रकाशन भए लगत्तै गाउँघरमा विद्यार्थीलाई विद्यालय पठाउनका लागि अभिभावकलाई सचेतना गर्न कार्यक्रम सुरु गरिएको हो । यस वर्षको बार्षिक परीक्षाफल प्रकाशन प्रश्चात विद्यालयमा अनियमित भई कम अंक ल्याउने र कक्षा दोहो¥याउने बिद्यार्थीहरुका अभिभावकहरुलाई लक्षित गरि सचेतना कार्यक्रमको सुरुवात गरिएको हो । यस कार्यक्रमले आगामि शैक्षिक सत्रमा बिद्यार्थीलाई बिद्यालयमा नियमित दर बृद्धि गरि सिकाई उपलव्धीमा उल्लेखनिय सुधार हुने बिश्वासका साथ नरहरीनाथ गाउँपालिकामा सचेतना कार्यक्रम सुरु गरिएको भिडिसेफ नेपाल कालीकोटले जनाएको छ ।
सेभ द चिल्डे«न र ग्रामिण बिकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल, कालिकोटको साझेदारीमा सञ्चालित यूवा शसक्तिकरण बुलगारी परियोजना अन्तरगर्त विद्यालयमा विद्यार्थीलाई नियमित बनाउनका लागि अभिभावकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले अभिभावकका लागि सचेतना शिक्षाको आवश्यकता महसुष गरि सचेतना कार्यक्रम सुरु गरिएको हो ।
गाउँ–गाउँमा सुरु भएको अभिभावकलाई परार्मश दिदै नन्दादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नसिह सावदले बिद्यार्थीको सिकाइ उपलव्धी वृद्धि गर्न पहिलो पाठशाला घर भएकाले अभिभावकले आफ्ना बालबालिकाका लागि विशेष ध्यानदिनुपर्नेमा जोड दिए । त्यस्तै अभिभावकसंग छलफल गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष नवराज बिष्टले आफ्ना वालवालिकालाई नियमित विद्यालय पठाउनुपर्ने बताए । उनले बालबालिकाको बिशेष ध्यान अभिभावकले दिनुपर्ने भएकाले आफ्ना बालबालिका बर्षभरि विद्यालय गए नगएको अभिभावकले बुझ्न आवश्यक रहेको धारणा राखे ।
त्यस्तै कार्यक्रमको सहजिकरण गर्दै शंकर प्रसाद उपाध्यायले शिक्षामा आमुल परिर्वतनको खाँचो रहेकाले सवै शैक्षिक सरोकारवालाहरुले शिक्षा रुपान्तरणको अभियानमा लाग्न आग्रह गरे । उनेले अति बिपन्न गरिब तथा पछाडि पारिएका बालबालिका तथा युवाहरुको शिक्षा सिप बिकास र आर्थिक क्रियाकलापका अवसर सिर्जना गरी यवा तथा बालबालिकाको जिबनस्तरमा सधार ल्याउनका लागि सन २०१६ जनवरी देखि २०२० डिसेम्बर सम्मको लागि कालिकोट जिल्लाका तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिका का १४ वटा बिद्यालयमा काम गरेको बताए । साथै सचेतना कार्यक्रममा टोलका बालबालिका रेखदेखका लागि ७ सदस्यिय टोल आमा शिक्षा समिति समेत गठन गरिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६     4:22:53 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *