नेकपा कालीकोटको अध्यक्षमा धनजित शाही ,सचिबमा नगेन्द्र शाही चयन

कालीकोटः नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिना पछि मात्र जिल्ला स्तरमा नेतृत्व चयन गरेको छ । केन्द्र एकता गरेको लामो समयसम्म जिल्ला एकता गर्न नसकेको नेकपाले पार्टी स्थापना दिवसको अवसरमा जिल्ला नेतृत्व चयन गरेको हो ।
आज जिल्ला एकता गरेको नेकपाले ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व पूर्व एमाले पार्टीले गर्ने भएको छ भने ३३ जिल्लाको नेतृत्व पूर्व माओवादी केन्द्रले गर्ने भएको हो । कालिकोट नेकपाको नेतृत्वमा धनजित शाही आर्दश चयन भएका छन् । भने पूर्व एमालेका जिल्ला अध्यक्ष नगिन्द्र शाही नेश्नल सचिवमा चयन भएका हुन् । एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी केन्द्र र माओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएपछि नेकपाले जिल्ला नेतृत्व टुङग्याएको हो ।
नेकपाको सचिवालय बैठकले कालीकोट लगाएत देशभरको भागबण्डा गर्दा कालीकोटमा पुर्व माओबादी केन्द्रले अध्यक्ष पाएको हो । पुर्व एमालेले सचिबमा चित्त बुझाउनु परेको छ । लामो समयदेखि कालीकोटको नेतृत्व कसले लिने भन्ने विषयमा नेताहरु विच विवाद नै भएको थियो । पुर्व एमालेमा नगिन्द्र शाही नेश्नल अध्यक्ष हुनुभएको थियो भने धनजित शाही पुर्व माओबादी केन्द्रबाट कालीकोट जिल्लाका संयोजक हरनुभएको थियो । नेकपाको पछिल्लो मापदण्ड अनुसार सोमबार दिउसो १ बजेसम्म कालिकोट जिल्लाका प्रतिनिधि सभाका सदस्य माननिय दुर्गाबहादुर रावत उज्जवलको चर्चा चलेको भएपनि एकाएक पछिल्लो समय धनजित शाही अध्यक्ष र नगिन्द्र शाही सचिवका लागि चयन भएका थिए । दुर्गा रावतको चर्चा चलिरहेका बेला नेकपाका केही नेताले पद पनि बोनसमा आएको भन्दै दुर्गा रावतलाई बधाईले फेसबुकका भित्ता रङग्याएपनि पार्टीले आधिकारीक रुपमा अध्यक्ष धनजित शाही र सचिव नगिन्द्र शाही रहेको घोषणा गरेको हो ।

प्रकाशित मितिः सोमवार, बैशाख ९, २०७६     5:11:22 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *