कार्यशाला गोष्ठि सुरु

कालीकोटः हिमचुली कृर्षि सहकारी संस्थाले चार वर्षिय रणनैतिक योजना निमार्ण सम्वन्धि ३ दिने कार्यशाला गोष्ठि सुरु गरेको छ । अहिलेको अवस्थाबाट अवको चार वर्षमा संस्थालाई कुन स्थितिमा पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठिको आयोजना गरिएको हो ।
हिमचुली कृषि सहकारी संस्थाका अध्यक्ष कालीबहादुर महताराको अध्यक्षता राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालेको प्रमुख आतिथ्यता तथा खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टको विशेष आतिथ्यतमा ३ दिने कार्यशाला गोष्ठिको उद्घाटन गरिएको हो । उद्घाट समारोहमा बोल्दै प्रमुख अतिथि राष्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले जिल्लाको आर्थिक समृद्धि, सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको बताए । खाडाचक्र नगरपालिका हिमचुली कृषि सहकारी संस्थाको जननी भएको बताए । उनले भने, ‘सहकारीलाई बुझ्न र बुझाउनै गाहे छ’ कालीकोट जिल्लामा धेरै सहकारी छन् जसले बचत तथा ऋणको कारोवार गरिरहेका छन्, सहकारीको नामाकरण अनुसारको काम नभएको उनले बताए । हिमचुली कृषि सहकारी संस्था देशकै नमुना सहकारी वनाउने अभियानमा लागिरहेको धारणा राखे । जिल्लामा रहेका संस्थामा आवद्ध नभएका सदस्यहरुलाई व्यापक रुपमा सहभागि गराउने, शेयर पूँजि र वचत संकलनलाई अझ धेरै प्रभावकारी बनाउँदै नीति, विधी र प्रविधीको प्रयोगबाट सदस्यहरुको दिगो आर्थिक, सामाजिक तथा साँस्कृतिक समृद्धि गराउन सफल संस्था बनाउने गरी योजना तयार गर्न आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै विषेश अतिथि खाडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्टले हिमचुली कृर्षि सहकारी संस्था जिल्लाकै उदारणिय संस्था भएको बताइन् । उनले संस्था प्रत्येक शेयर सदस्यको मनमा बस्न सफल भएको धारणा राखिन् । आफु विगतदेखि नै सहकारीमा आवद्ध हुने मनसाय भएपनि अरु अरु क्षेत्रमा काम गर्ने भएकाले सहकारीमा आवद्ध हुन नसकेको विष्टले बताईन् । साविकको मान्म गाविसको १ वडाबाट सुरु भएको सहकारी जिल्ला भरी फैलिएर सेवा दिइरहेकोमा खुसी व्यत्त गरिन् । उनले सहकारीबाट गरिवी निवारण हुने भएकाले एक घर एक सहकारी अभियान अन्तरर्गत सवैले सहकारी संस्थामा आवद्ध हुन आग्रह गरिन् । कार्यशाला गोष्ठिमा सहकारी ऐन–२०७४ जारी भएपछी संस्था संचालनमा देखिएका अवसर र चुनौतिहरु, प्रभावकारी व्यवस्थापनमा सदस्यहरुको भुमिका लगाएतका बारेमा व्यापक छलफल गरिने भएको छ । कार्यशाला गोष्ठिका लागि आरएमडिसीले सहयोग गरेको हो ।

प्रकाशित मितिः शनिबार, बैशाख १४, २०७६     4:08:24 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *