पट्के योजनाहरु भन्दा एकिकृत योजना देउ

कालिकोट:  कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश सरकारलाई कृषि र पशुपालन क्षेत्रमा एकिकृत कार्यक्रम सहित बजेटमा मुख्य प्राथमिक्ता दिन सुझाव दिएका छन् । कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति कालिकोटमा भएको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम, योजना तर्जुमा गोष्ठिमा सहभागी कालिकोटका ९ वटै स्थानिय तहका जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा रास्कोट नगरपालिका प्रमूख कासीचन्द्र बरालले कर्णाली प्रदेशको कृषि क्षेत्रको विकासका लागि पट्के योजनाहरु भन्दा एकिकृत योजनाहरु आवश्यक रहेको बताए । उनले गाँउमा भईरहेको उत्पादनलाई बृद्धि गर्दै अगानीक उत्पादन र त्यसको बजार सुनिश्चित गर्ने एकिकृत योजना आवश्यक रहेको बताए । उनले भने, किसानले गरेको उत्पादनको बजार, सुरक्षा र बार्षिक बाली पोत्रो निर्माण गरी स्थानिय अर्गानिक उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्मको पहुँचमा पु¥याउनु पर्छ । कार्यक्रममा महाँवै गाँउपालिका अध्यक्ष नन्दबहादुर सिंहले गाँउमा भएको उत्पादनलाई यातायात सुविधा नहुँदा बजारीकरण गर्न समस्या रहेको बताउदै प्रदेश सरकारले ग्रामिण कृषि सडकलाई जोड दिनुपर्ने बताए । उनले गाँउको उत्पादन गाँउमै थन्कीनाले किसानहरु निरुत्साहित हुने अवस्था रहेको बताए ।
कार्यक्रममा नरहरीनाथ गाँउपालिका अध्यक्ष धिरबहादुर बिष्टले कर्णाली प्रदेश अर्गानिक प्रदेश घोषणामा मात्र सीमित भएको बताउदै यसलाई प्रतिफलमा ल्याउन प्रभावकारी योजनाको खाँचो रहेको बताए । उनले गाँउमा खेती योग्य जमिन बाँझो राखेर खाद्यको चामल खाएर अर्गानिक उत्पादनको नारा लगाउनुको कुनै औचित्य नरहेको बताउदै किसानले बाँझो रहेको बारीमा खेती गर्न हौसिने योजनाहरुको खाँचो रहेको बताए । कार्यक्रममा शुभकालिका गाँउपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीले गाँउमा पशुपालन ललोभ हुँदै जाँदा कृषि उत्पादन पनि घट्दै गएको बताउदै यसबारे सबै गम्भीर भएर सोच्नु पर्ने बताईन् । उनले सरकारले पशुपालन व्यवसायलाई बजेटमा प्राथमिक्ता नदिए गाँउको कृषि धरासाही बन्ने अवस्था आउने बताईन् ।
कार्यक्रममा तिलागुफा नगरपालिका उप प्रमूख दर्शना नेपाली, खाँडाचक्र नगरपालिका उप प्रमूख बिजया बिष्ट, शान्नित्रिवेणी गाँउपालिका उपाध्यक्ष होईजा बुढा, पचालझरना गाँउपालिका उपाध्यक्ष तारा न्यौपाने लगायतका जनप्रतिनिधिहरुले जिल्लाका हरेक वस्तिहरुको माटो परीक्षण गरी सम्भावनाका आधारमा कृषि खेतीलाई जोड दिनुपर्ने बताएका छन् । उनीहरुले कर्णाली प्रदेशमा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल हासिल गर्न कृषि र पशुपालनमा लगानी बढाउदै किसानहरुलाई आकर्षित गर्न सुझाव दिएका छन् । कार्यक्रममा सहभागी अन्य सहभागीहरुले अहिलेको अनुदानमुखी खेतीपातीलाई निरुत्साहित गरी व्यवसायीक खेतीपातीलाई जोड दिनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ३, २०७६     4:00:27 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *