विप्लपको डरले विद्यालयको अनुगमन भएन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षकले नपढाएरै तलव खाने गरेको खुलासा भएको छ । कक्ष १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक विद्यालय नआएर उनीहरुको खातामा तलव निकासा हुने गरेको रहस्य खुलेको हो ।
विद्यालयको भौतिक पूवाधार र व्यवस्थापन राम्रो भएपनि शिक्षकहरु नियमित विद्यालय नआउने गरेको स्थानीय नागरिकले बताएका छन् । विद्यालयमा चाहिने प्रयाप्त शिक्षक भएपनि लामो समयदेखि विद्यालयले पठनपाठनको समस्या भोग्दै आइरहेको छ ।
विद्यालयमा ७६ जना विद्यार्थी भर्ना भए पनि पठनपाठन प्रभावकारी नहुँदा विद्यार्थी न्युन मात्र नियमित उपस्थित हुने गरेका छन् । विद्यालयमा मंगलकुमार शाही गाउँपालिकाको अनुदानबाट कार्यरत रहेका छन् । हर्कबहादुर विश्वकर्मा र सुजता कुमारी विश्वकर्मा निजि स्रोतबाट अध्यापन गराउर्दै आएपनि तीनै जना शिक्षकले आलोपालो विद्यालय संचालन गरिरहेका छन् ।
एक हप्ता एक जना शिक्षकले विद्यालय हेर्ने र अर्को हप्ता अर्को शिक्षकले विद्यालय हेर्ने गरेको खुलासा भएको छ । उक्त विद्यालयमा एक पटक तीनै जना शिक्षक हाजिरी नहुने गरेको नेपाल कम्युनिष्ट पाटीका नेता भुपु गाविस अध्यक्ष विष्णु विकले बताए । उनले, स्थानीय सरकारको लार्पवाहीका कारण विद्यालयको शैक्षिक गुणस्तर खस्कर्दै गएको बताए । गाउँपालिकाले नियमित तलव खातामा जम्मा गरिदिन्छ, नपढाएरै तलव खान पाएपछि शिक्षकहरु नियमित विद्यालयमा आउर्दैनन् विकले भने ।
विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउदा शिक्षण प्रभावकारी नभएको विकको दुखेसो छ । अन्य विद्यालयको शिक्षकहरुको हाजिरी वडाले प्रमाणित गर्ने गरेको भएपनि आफुले विद्यालय नआउने शिक्षकको हाजिरी प्रमाणित नगरेपनि गाउँपालिकाले तलव निकासा गरेको नरहरिनाथ गाउँपालिका–६ का वडाध्यक्ष तुलाराज विकले बताए । उनले भने, ‘म तलव निकासा नगर्न भन्दै गाउँपालिकामा दर्जनौंपटक पुगे पनि बेवास्ता भएपछि आफुले विद्यालय प्रति चासो दिइन ।’ उनीहरु विप्लप निकट भएकाले गाउँपालिकाले पनि डर मानेर तलव निकासा गरिरहेको नाम नबताउने सर्तमा एक जना जनप्रतिनिधिले बताए । उनले भने, गाउँपालिकाले विप्लपको डर मानेर अहिलेसम्म त्यो विद्यालयको अनुगमन गरेको पनि छैन अन्य विद्यालय गाभेपनि त्यो विद्यालय गाभ्न सकेको छैन ।

विद्यार्थीले पाउर्दैन रकम
नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीले अहिलेसम्म दिवाखाजा रकम नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले कर्णालीका विद्यार्थीलाई नियमित विद्यालयमा आउनका लागि दिदै आएको दिवाखाजा रकमबाट उक्त विद्यालयका शिक्षकहरुलाई तलव खुवाउनुपर्ने भएकाले विद्यार्थीले दिवाखाजा रकम नपाउने गरेको विद्यालयका शिक्षक मंगलकुमार शाहीले बताए । उनले भने, ‘म भरर्खर गाउँपालिका अनुदानबाट नियुत्त भएको हुँ, अन्य २ जना शिक्षकलाई निजीस्रोतबाट तलव खुवाउनुपर्ने भएकाले विद्यार्थीले पाउने रकम र विद्यालय व्यवस्थापनका लागि आएको रकमले शिक्षकले तलव खाइरहेका छन् ।’

प्रधानाध्यापकको अध्यायापन अनुमति पत्र छैन
नेपाल राष्ट्रिय आधारभुत विद्यालय वि.स २०६५ सालमा स्थापना भएको थियो । २०६८ सालदेखि प्रधानाध्यापक बन्नुभएकी सुजता कुमारी विकको अहिले सम्म अध्यापन अनुमतिपत्र छैन । पहिले आफ्ना अंकल प्रधानाध्यापक थिए अंकल अर्को स्कुलमा पढाउन गएपछि आफुले २०६८ सालदेखि प्रअको जिम्मेवारी सम्हाल्दै आएको बताइन् । उनले भनिन्, ‘मैले एघार बाह् मात्र पास गरेको छु, अध्यापन अनुमतिपत्र छैन ।’

गाउँपालिकालाई शिक्षकले टेरेनन्
पटक पटक प्रधानाध्यापक अर्को बनाउन ताकेता गर्दा पनि गाउँपालिकाको कुरा नमानेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले भनिन्, नेत्रविक्रम चन्द्र विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पाटी निकट शिक्षक भएकाले उनीहरुले गाउँपालिकाको निर्देशन नमानेको जानकारी दिइन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     2:10:57 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *