सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव

कालीकोटः जिल्लाको महावै गाउँपालिका–२ मा रहेको तिला आधारभूत विद्यालय पादमघाटमा कक्षा कोठाको अभाव भएको छ । निजी स्कुलमा पढिरहेका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको हो ।
इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । कक्षा ८ सम्म पढाइ हुने तिला आधारभूत विद्यालयमा पढाई राम्रो भएपनि पढाइएको सिलासिलामा जिल्ला बाहिर पठाएका आफ्ना बालबालिकालाई गाउँपालिकामा ल्याएर अभिभावकहरुले भर्ना गरेका छन् । महावै गाउँपालिका–३ सिमखेत, १ कतमपुर, ७ राम्नीकोटवाडाका विद्यार्थी पुन सामुदायिक भर्ना भएका छन् । अंग्रेजी माध्यमबाट विद्यालयमा पढाउन थालेपछि विद्यालयको तल्लो कक्षामा विद्यार्थीको संख्या निकै बढेको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए । उनले भने, ‘निजी विद्यालयभन्दा राम्रो शिक्षा हाम्रो विद्यालय दिने गरेको छ’, ‘अहिले विद्यालयमा भर्ना हुन आउनेको संख्या धानी नसक्नु छ ।’ विद्यालयमा तल्लो कक्षाका विद्यार्थीको भर्ना संख्या निकै बढी रहेको छ । ‘इसिडीमा मात्र १६८ जना विद्यार्थी भर्ना भएका छन् ।’ प्रअ शाहीले भने, ‘विद्यालयमा भर्ना हुन आउनेको संख्या अझैँ बढ्दै गएको छ ।’ विद्यालयमा विद्यार्थीको संख्या बढेपछि ओदा फाउण्सेनमा अध्ययनरत ४० विद्यार्थी पनि तिला आधारभूत विद्यालयमा भर्ना भएका छन् । ओदा फाउण्डेसनले ४ जना शिक्षकलाई आफैँ तलव भत्ता दिइरहेको छ ।
‘चारजना शिक्षकसहित विद्यार्थी पनि विद्यालयमा गाभिए ।’ प्रअ शाहीले भने, ‘यसले गर्दा विद्यालयलाई निकै सहयोग पुगेको छ ।’ विद्यालयमा विद्यार्थीको संख्या बढेपछि नजिकै नेपाल खाद्य संस्थानको खाद्य डिपोमा विद्यार्थीलाई राखेर पढाउने गरिएको चित्रसिंह गाउँलेले बताए । ‘विद्यालय कक्षा कोठा नपुगेर खाद्य डिपोमा पढाई हुने गरेको छ ।’ खाद्यको भवन पढाउदा पनि अझैँ दुई कक्षा कोठाको अभाव रहेको छ ।
तिला आधारभुत विद्यायलको इसिडीमा–१६८ कक्षा १ मा–५६ कक्षा २ मा–५४ कक्षा ३ मा–२१ कक्षा ४ मा–२५ कक्षा ५ मा–२३ कक्षा ६ मा–२० कक्षा ७ मा–२५ कक्षा ८ मा–१९ गरि जम्मा ४११ जना विद्यार्थीले अध्ययन गरिहेका छन् भने अहिले तिला आधारभूत विद्यालयमा ओदा फाउण्डेसनका ४ शिक्षक, इन्द्रिरा भट्टराई गरेर १२ जना शिक्षक–शिक्षिका रहेको प्रधानाध्यापक शाहीले बताए । ‘शिक्षक अभाव रहेको भोलेन्टर टिचर भर्नाको सूचना गरेका छौं’ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ८, २०७६     2:18:03 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *