गाउँमै सेवा पाएपछि स्थानीय खुसी

कालीकोटः पलाता गाउँपालिका–१ पुलाहाकी भदुरी भण्डारीलाई जग्गाको लालपूर्जाले सताउँथ्यो । एक÷दुई दिन भित्र जिल्ला मालपोत कार्यालयमा गएर लालपूर्जा बनाउने उनको योजना थियो ।
गाउँमै संचालन भएको डोरबाट लालपूर्जा बनाउन पाउँदा उनी निकै खुसी भएकी छन् । कहिले लालपूर्जा बन्ला भन्ने लागेको थियो’ उनले भनिन् ‘यति सहजै लालपूर्जा बन्छ भन्ने सोँचेकी पनि थिइन ।’ ‘मान्मसम्म पुग्ने खर्च जोगियो’ उनले थपिन्, ‘सयमको पनि वचत भयो ।’
डोर संचालन भएपछि भदुरी मात्र होइन पलाता गाउँपालिका–१ कै जयबहादुर भण्डारीको पनि खुसीको सिमा छैन । गाउँघरमै जग्गाधनी पूर्जा पाउँदा आफु खुसी भएको भण्डारीले बताए । उनले भने, ‘जनताको सेवाका लागि डोर संचालन गरेकोमा गाउँपालिकालाई धन्यवाद छ ।’ जिल्लाको सबै भन्दा विकट मानिने पलाता गाउँपालिकाले पहिलो पटक डोर संचालन गरेको हो ।
उनीहरुमात्र नभएर पलाताका स्थानीय नागरिक गाउँपालिका केन्द्रमै जग्गासम्वन्धिको काम गर्न पाएपछि खुसी भएका छन् । लामो समयदेखि बसोबास गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा समस्यामा दलबहादुर बुढाले बताए । लामो समयको पर्खाईपछि स्थानीय तहले नापी र मालपोत कार्यालयबाट वितरण हुने सेवा घरमै दिएपछि आफु खुसी भएको बुढाले बताए । उनले भने, ‘बल्ला हाम्रो समस्या समाधान भयो ।’
पलाता गाउँपालिकाले पहिलो पटक गाउँपालिका केन्द्रमै ७ दिने डोर संचालन गरि स्थानीय नागरिकलाई सेवा प्रवाह गरेको हो । पलाताका स्थानीयले अंशभण्डा, राजीनामा, मरुवा सरुवा, हराएको पुर्जाको प्रतिलिपी गाउँमै पाएपछि खुसी व्यत्त गरेका छन् । यहाँका स्थानीय नागरिकलाई मान्म जानु पर्ने बाध्यताबाट टाढा राख्नका लागि गाउँपालिकामा ७ दिने डोर संचालन गरेको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले भने, ‘यहाँका स्थानीयलाई मान्म जान दुख हुन्थ्यो, पलाताबाट गाडिमा जादा समय र खर्च पनि बढी हुनेभएकाले स्थानीय तहमै डोर संचालन गरेको हो ।’ गाउँपालिकामा डोर संचालन भएपछि खर्च कम भएको अध्यक्ष बमले बताए । उनले भने, ‘मालपोत र नापी कार्यालयले लिने राजश्वमात्र हो धेरै शुल्क पनि नलिने भएकाले जनतालाई सेवा पुगेको छ ।’
आफ्नो घर आगनमै सेवा पाएपछि आफु निकै खुसी भएको ४३ वर्षिय मनबहादुर बुढाले बताए । उनले भने, ‘२ दिनको पैदलबाटो हिडेर मान्म जानुपर्ने बाध्यता हटेको छ ।’ जग्गा नामसारी, मरुवा सरुवा पलातामा हुदा निकै खुसी भएको उनले बताए ।
पलाता गाउँपालिकाको आयोजनामा भएको डोर संचालनमा २३ वटा नामसारी, २१ रजिस्टेशन गरिसकेको मालपोत कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख तिलक उपाध्यायले जनाए । उनले भने, पलाता गाउँपालिका वडा नं १ देखी ९ सम्मका स्थानीय सेवाग्राहीलाई सेवा दिएका र्छौ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६     1:36:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *