विद्येक फिर्ता नलिए सडकमा जाने–तरुण महासचिव शाहीको चेतावनी

बिस्नप्रसाद न्यौपाने
कालिकोट जेठ १४ गते ।
नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारले प्रेसको घाँटी निमोठ्ने गरी ल्याएको मिडिया काउन्सिल बिद्येकको बिरुद्ध नेपाल तरुण दल सडकमा जाने चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सुरु गरेको जागरण अभियानका क्रममा गृह जिल्ला कालिकोट आएका तरुण महासचिव शाहीले यस्तो चेतावनी दिएका हुन् ।
कालिकोटको सदरमुकाम मान्ममा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै तरुण महासचिव शाहीले सरकारले प्रेस जगत, स्वास्थ्य क्षेत्र, शिक्षकहरुको आन्दोलन लगायतका क्षेत्रहरुसँग कडा रुपमा प्रेस्तुत भएर अधिनायकबाद तिर अगाडी बढिरहेको आरोप लगाए । उनले भने, सरकार पुरै भ्रष्टाचाका काण्डै काण्डमा मुछिएको छ । मिडिया काउन्सिल बिद्येक ल्याएर प्रेस जगत प्रति आकार्मक रुपमा प्रस्तुत भएको छ । यसमा नेपाल तरुण दल भ्रत्सना गर्दछ । यसका बिरुद्ध कडा आन्दोलन सहित सडकमा जान्छौ । उनले अहिलेको सरकार नै हत्या हिंसाको बाटो तिर लागिरहेको बताउदै मुलुकमा शान्ति, सुरक्षा तथा अमयन चयन कायम गर्न सरकार पुर्ण रुपमा असफल भएको दाबी गरे ।
उनले सरकार भ्रष्टाचारमा फसकेको आरोप पनि लगाए । उनले भने, ह्वाइट बाडी काण्ड, बुढिगण्डकी काण्ड, सुन काण्ड, जग्गा काण्ड लगायतका काण्डै काण्डमा लिप्त छ । सुखी नेपाली समृद्ध नेपालको लोक प्रिय नारा लगाएर जनतालाई भ्रमित गरेको उनले बताए । उनले भने, सरकारले सुखी नेपाली समृद्ध नेपाल नारा अनुसार काम गर्न सकेन । बरु सुखी नेता र समृद्ध परिवार गर्न सफल भएको छ । जनताका जनजीवीकाका बिषयमा सरकार नै जिम्मेबार हुन सकिरहेको छैन् ।

बिप्लवको समस्या राजनीतिक समाधान
नेपाली कांग्रेस कालिकोटका महासमिति सदस्य समेत रहेको तरुण महासचिव शाहीले सरकारले बिप्लव समुह माथि प्रतिबन्द लगाएर ठुलो भुल गरेको बताए । उनले बिप्लवले गरेका अपराधिक गतिबिधिहरुमा नेपाली कांग्रेस सहमत छैन् । बिप्लव समुहले गरेका हिंसात्मक घटनाहरु बन्द गर्नु पर्छ । तर सरकारले पनि बिप्लवलाई अपराधिक समुहका रुपमा नलिएर राजनीतिक समुहका रुपमा लिनुपर्छ । बिप्लव समुहको समस्या राजनीतिक रुपमा समाधान गर्न जरुरी छ ।
तत्कालीन नेकपा माओबादीले सुरु गरेको दश बर्षे सशष्त्र द्धन्द्धको पीडालाई स्मरण गर्दै तरुण महासचिव शाहीले फेरी पनि उस्तै पीडा भोग्नु पर्ने अवस्था आउन नदिन सरकार नै जिम्मेबार हुनुपर्ने बताए । उनले भने, हिजाको सशष्त्र द्धन्द्धका बेला कालिकोटका हजारौँ जनताहरुले निकै दर्दनाक पीडा खेपे । आज पनि बिप्लव समुहको प्रभाव बढी रहेको कालिकोटमा हिंसा भड्कीदै गए जनता थप पीडाको शिकार हुनेछन् । यस प्रति कांग्रेस जिम्मेबार रुपमा प्रस्तुत भएको छ । सरकार पनि जिम्मेबार रुपमा प्रस्तुत होस । उनले दुई दिन अगाडी काठ्माण्डौमा भएको बिस्फोटमा ज्यान गुमाएका कालिकोट मुम्राका दिपेन्द्र बिक लगायतका मृहतहरु प्रति श्रदाञ्जली व्यक्त गरे । यसरी कुनै पनि युवाले अकालमा ज्यान गुमाउने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराए ।

जागरण अभियानले कार्यकर्तामा उर्जा ल्यायो
तरुण महासचिव शाहीले नेपाली कांग्रेसले गत बैशाख २५ गतेदेखी देशभर सुरु गरेको जागरण अभियानले कार्यकर्ताहरुमा निकै उत्साह ल्याएको बताए । उनले कांग्रेसले पार्टीको संगठन सुदृढिकरण तथा सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न सुरु गरिएको जागरण अभियान निकै प्रभावकारी भएको बताए । उनले भने, कांग्रेसको जागरण अभियान गाँउ गाँउसम्म पुगेको छ । काँग्रेसका नेता तथा कार्यकर्ताहरु अभियानका क्रममा गाँउ गाँउमा पुगेर जनताका समस्याहरु बुझ्ने सुख दुख बुझ्ने गरिरहेका छन् । यसले काँग्रेस प्रतिको जनताको माया, सद्भाव बढ्नुका साथै कार्यकर्ताहरुमा नयाँ उत्साह आएको बताए ।
तरुण महासचिव शाहीले तरुण दलले देशभर सरकारले गरेको भ्रष्टाचार बिरुद्ध भण्डाफोर अभियान थालेको बताए । उनले कांग्रेसको जागरण अभियान अन्तरगत नै सरकारको भ्रष्टाचारको बिरुद्धमा कडा आन्दोलन थालिसकेको बताए । उनले कर्णाली प्रदेश सरकार र गाँउमा आएका सिंह दरबारहरुबाट पनि जनअपेक्षा अनुसार काम हुन नसकेको चिन्ता व्यक्त गरे ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १४, २०७६     2:23:00 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *