धारा छ, पानी छैन

कालीकोटः घर आगनमै खाने पानीको धारा र्निमाण भएको १ बर्ष भयो धारामा पानी नै नखसे पछि जिल्लाको डिकेधारीका स्थानीय बासी टाढाको मुहानको दुषित पानी खान बाध्य भएका छन् । नरहरिनाथ गाउँपालिका–१ डिके धारीका अधिकाँश स्थानीयको घर आगनमै पानीको धारा निमार्ण भएको १ वर्ष वितिसक्दा पनि धारामा पानी नखसेपछि कुवाको दुषित पानी पिउन बाध्य भएका हुन् ।
घर आगनमै पानीको धारा र्निमाण भए पछि शुद्घ पिउने पानी खान पाउने भयौ भने खुशी लागेको थियो तर धार र्निमाण भएको १ बर्ष बित्न लाग्दा समेत एक थोपा पानी नझरे पछि नचाहेर पनि कुवाको फोहोर पानी खानु परेको स्थानीयले गुनासो गरेको छन् । गाउँमा पानी छैन सुख्खा खडेरी भए पछि सबैले कुवाको दुषित पानी खानु पर्ने बाध्यता आईलागेको सुमन विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धारा निमार्ण र मर्मत मात्र भए पानी खसेन भनेर धेरै पटक स्थानीय सरकारलाई जानकारी गराएपनि चासो देखाएन ।’ गाउँपालिका खुल्ला दिशा मुक्त घोषणा भएको छ तर चर्पीमा लिनलाई पानी छैन् मुस्कील, मुस्कीलले कुवाको पानी बोकेर चर्पी प्रयोग गर्नु पर्ने बाध्यता रहेको स्थानीय विनोद विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पावर र पहुँच हुनेको घरघरमा खाने पानीका चाख लाग्दा घरै पिच्छे धाराहरु छन् हामी सर्वसाधारण जनता ३० मिनेट उकालो र ओरालो हिडेर खाने पानी खान बाध्य छौ हाम्रो समस्या कस्ले बुझ्ने ।’
डिके धारी हुदै दैनिक जसो मान्म आवतजावत गर्ने बटुवाले पनि पानीको अभाव हुने गरेको बताएका छन् । डिके धारी कटेर लालिघाट नपुगेसम्म पानी नपाउने गरेको बटुवाहरुले बताउने गरेका छन् । नरहरिनाथ गाउँपालिकाबाट मान्म आउर्दै गर्नुभएका रमेश बोगटीले डिके धारीका घरधुरीका घरमा धारा भएपनि पानी नहुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठको गर्मिमा मान्म आउने र मान्मबाट नरहरिनाथ गाउँपालिकामा जाने सर्वसाधारणले समेत पानीको समस्या झेल्नुपर्छ ।’
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले डिके धारीका स्थानीय नागरिकका लागि पानीको व्यवस्थापन गर्न लाखौ रकम खर्च गरिसकेको जिकीर गर्नुभयो । उहाँले नजिकमा मुहान नभएकाले पानीको समस्या आएको बताउनुभयो । प्रत्येक वर्ष गाउँपालिकाले खानेपानीको व्यवस्थापनका लागि रकम विनियोजन गर्ने गरेको भएपनि त्यहाँका स्थानीयले गाईबस्तु चराउन गएको समयमा जथाभावी पाईप काट्ने गरेकाले खानेपानीको समस्या आउने गरेको बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६     1:02:15 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *