मेलमिलापकर्तालाई आधारभुत तालिम

कालीकोटः गाउँमा रहेका स्थानिय मुद्दा मामिला तथा विवादहरु गाउँमै मिलाउनका लागि कालीकोटको नरहरिनाथका मेलमिलापकर्ताहरुलाई तालिम दिएको छ । गाउँमा भएका विवादहरु गाउँमै मिलाउनका लागि मेलमिलापकर्तालाई तालिम पश्चता प्रक्रियामा ल्याई न्यायिक समितिलाई सहज गराउनका लागि ८ दिने आधारभुत तालिमको आयोजना गरेको हो ।
नरहरिनाथ गाउँपालिकाको आयोजना संम्वाद सहजिकरण तथा मेलमिलापका लागी सेयर सेन्टर सुर्खेतको समन्वयमा सामुदायिक मेलमिलापकर्ताहरुको आठ दिवसीय आधारभुत तालिमको एक कार्यक्रमको आयोजना गरि समापन गरेको छ । देउमल दर्जीको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको प्रमुख आतिथ्यता गाउँपालिकाका लेखा प्रमुख हिरासिंह बोहोराको विशेष आतिथ्यतामा तालिमको समापन गरिएको छ ।
तालिमको समापनमा बोल्दै प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले मेलमिलापको कुनै दिर्घकालिन असर नहुने भएकाले पद्धति र प्रकृया अपनाएर विवाद समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले सम्पन्न आधारभुत तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो । वडास्तरमा रहेका मेलमिलापकर्ताहरुलाई मुद्दा वडामै मिलाउन सक्ने अधिकारलाई प्रयोग गरी गाउँपालिकामा आउने भार कम गर्न आग्रह गर्नुभयो । स्थानिय सरकारलाई दिईएको अधिकार अनुसार वडामा मेलमिलाप केन्द्र गठन गरी काम गरेको उपाध्यक्ष बुढाले बताउनुभयो । उहाँले ‘सम्बन्धित वडामै मेलमिलाप गर्न सके जनतालाई सहज हुन्छ ।’
८ दिनसम्मको आधारभुत तालिममा गरिएका कानुनी छलफलले सवैलाई कानुनी रुपमा परिपक्क बनाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो । तालिमको समापनमा बोल्दै संम्वाद सहजिकरण तथा मेलमिलापका लागी सेयर सेन्टर सुर्खेतका अध्यक्ष नहकुल संज्यालले गाउँमा शान्ति स्थापना गरेर घरदैलोमा नै जनतालई न्याय दिन मेलमिलाप कार्यक्रम सफल हुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई गाउँघरमा न्याय दिलाई समाजमा दीगो शान्ति स्थापना गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेलमिलाप सम्बन्धि आधारभुत तालिमले समुदाय स्तरमा भएका अन्तरविरोध तथा अन्तर कलहलमा एक पक्षको जित र हार नभएर दुवै पक्षको जीत हुने गरि मेलमिलाप गनुहुनेछ ।’
८ दिन सम्म चलेको तालिमको सहजिकरण न्याधिबक्ता बिरेन्द्र कुमार थापा र राजेन्द्र भारतीले गनूृभएको थियो ।
सम्बन्धित तस्बिरः
१) तालिमपश्चात सामुहिक तस्विर खिच्दै मेलमिलापकर्ताहरु ।।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १७, २०७६     1:03:54 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *