छोरी पाल्न १ लाख

कालीकोट: जिल्लाको खाडाचक्र नगरपालिकाले छोरी जन्माउने दम्पतिलाई छोरी पाल्न र पढाउनका लागि १ लाख रुपैया पुरस्कार दिने भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा एक वा दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतिका सन्तान पढाउनका लागि नगरपालिकाले १ लाख रुपैया पुरस्कार दिने नीति तथा कार्यक्रम पास गरेको छ । छोरी मात्र भए छोराका लागि भ्रुण हत्या गर्नेको संख्या बढेको भन्दै नगरपालिकाले आर्थिक वर्षदेखि लागुहुने गरी नीति तथा कार्यक्रममा घोषणा गरेको हो । छोरा छोरी समान भएको भन्दै नीति तथा कार्यक्रममा छोरा सरह छोरी पनि भएको सन्देश दिनका लागि छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई १ लाख पुरस्कार स्वरुप अध्ययन खर्च दिने नगरपालिकाका उप्रप्रमुख विजया विष्टले बताइन् ।


‘समाजमा छोराका लागि छोरी नजन्माउनेहरुका लागि प्रोत्साहन गर्न लागेका छौं’ उपप्रमुख विष्टले भनिन्, ‘यसले लैंगिक समानता र छोरीको भ्रुण हत्या पनि रोकिने छ ।’ अहिले छोरी जन्माउने आशामा धेरै बच्चा जन्माउने गरेका कारणले महिलाको ज्यान समेत जोखिममा रहने गरेका कारणले यो कार्यक्रम नगरपालिकाले लागू गरेको प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनीले बताए । छोराका आसमा बच्चा धेरै जन्माएर महिलाको ज्यान जोखिममा रहने भएकाले नगरपालिकाले यस्तो नीति तथा कार्यक्रम तयार पारेको पंगेनीले बताए । यसरी छोरी जन्माएमा पुरस्कृत गरेमा समाजमा छोरी पनि सन्तान हुन भन्ने सन्देश दिनका लागि यस्तो निर्णय गरेको नगरपालिकाका प्रमुख जसी प्रसाद पाण्डेले बताए ।


नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ कालागी ४९ करोड २६ लाख ३० हजार ३ सय ६५ रुपैयाँको बजेट ल्याएको छ । भने ५० लाख राजश्व उठाउने लक्ष्य राखिएको नगर प्रमुख पाण्डेले बताए । नगरपालिकाले कृषिको प्रोत्साहन, नगदे बालीको उत्पादन बृद्धि, पर्यटकीय क्षेत्रको विकास लगायतका क्षेत्रलाई बजेटमा समेटेको छ । नगरलाई सुखी र समृद्ध बनाउने हाम्रो प्राथमिकता हो ।’ नगरप्रमुख पाण्डेले भने, अव समृद्ध नगर बनाउन सवैको सहयोगको आवश्यक छ ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     4:28:40 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *