बत्ति बाल्न नपाएको गुनासो

कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नं ६ छहड्नेका स्थानीय नागरिकले आफुले विद्युत बाल्न नपाएको गुनासो गरेका छन् । पलाता गाउँपालिका वडा नं ६ मा रहेको औला खोला लघुजलविद्युत आयोजना संचालनमा भएपनि आफुहरुले अहिलेसम्म विद्युत बाल्न नपाएको गुनासो गरेका हुन । स्थानीय सरकार गठनपछि अधिकाँश सेवा गाउँमा नै पाइने आसमा बसेका छहड्नेका स्थानीय नागरिकले विद्युत नै नपाएपछि सिहदरवारको अधिकार गाउँमा आएको महसुष गर्न नपाएको बताएका हुन् ।

विगत देखि नै सल्लोको झरो बालेर रात विताउन बाध्य त्यहाँका स्थानीय नागरिकले अहिलेसम्म विद्युत बाल्न नपाएको बताएका हुन् । औला लघुजलविद्युत आयोजनामार्फत वडाका अन्य टोलमा बत्ति सहज रुपमा बलिरहेको भएपनि छहड्नेका स्थानीय बासिन्दाले विद्युत नपाएको रन्जीत विकले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले अहिलेसम्म बत्ति बाल्न पाएका छैनौ, मैले पटक पटक पावरहाउसका अप्रेटरलाई बुझ्दा पनि कुनै सुनुवाई भएन । पहिले ३÷४ महिना बालेपनि अहिले बाल्न नसकेको बताउनुभयो । उहाँले, पावरहाउसका कर्मचारीले आफुहरुलाई बत्ति बाल्नका लागि फुर्सद नभएको बताउने गरेको विकले बताउनुभयो । वडाध्यक्षलाई पटक पटक आफुले भन्दा पनि सुनुवाई नगरेको बताउनुभयो । ३÷४ महिना बत्तिको उज्यालो बाल्न पाएपनि अहिले सल्लोको दियालो प्रयोग गर्ने गरेपनि ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकाले घर उज्यालोमा समस्या हुने गरेको विकको भनाई छ ।

गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या त बिद्यार्थीहरुलाई भएको छ । दिउँस जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने बिहाना उठ्दा नाक मुख कालो हुने हुदाँ पठन पाठनमा निकै समस्या हुने गरेको छ विद्यार्थीले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, असार २६, २०७६     4:30:38 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *