सामुदायिक विद्यालयमा विद्यार्थीको चाप, कक्षा कोठाको अभाव

कालीकोटः जिल्लाको महावै गाउँपालिका–२ मा रहेको तिला आधारभूत विद्यालय पादमघाटमा कक्षा कोठाको अभाव भएको छ । निजी स्कुलमा पढिरहेका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको हो । इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीको चाप बढेको हो । कक्षा ८ सम्म पढाइ हुने …

विप्लपको डरले विद्यालयको अनुगमन भएन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका–६ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कार्यरत शिक्षकले नपढाएरै तलव खाने गरेको खुलासा भएको छ । कक्ष १ देखि ३ सम्म पढाई हुने उक्त विद्यालयमा अध्यापन गराउने शिक्षक विद्यालय नआएर उनीहरुको खातामा तलव निकासा हुने गरेको रहस्य खुलेको हो । विद्यालयको भौतिक पूवाधार र व्यवस्थापन राम्रो …

पट्के योजनाहरु भन्दा एकिकृत योजना देउ

प्रदेश सरकारलाई जनप्रतिनिधिको सूझाव

कालिकोट:  कालिकोटका स्थानिय तहका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश सरकारलाई कृषि र पशुपालन क्षेत्रमा एकिकृत कार्यक्रम सहित बजेटमा मुख्य प्राथमिक्ता दिन सुझाव दिएका छन् । कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति कालिकोटमा भएको आर्थिक बर्ष २०७६∕०७७ को नीति तथा कार्यक्रम, योजना तर्जुमा गोष्ठिमा सहभागी कालिकोटका …

पाठ्यपुस्तक गोदाममै थन्किए

  कालीकोटः जिल्लाका लागि आएका पाठ्यपुस्तक सदरमुकामका गोदाममै थन्किएका छन् । जिल्लामा रहेका विद्यालयहरुले आफ्नो विद्यालयका लागि समयमै किताव नलिदा गोदाममै थन्किएका हुन् । जिल्लामा सबै भन्दा बढी पाठ्यपुस्तक बिक्रि बितरण गर्ने बिक्रेताहरुले चैतमा जिल्लामा पाठ्यपुस्तक ढुवानी गरे पनि बिद्यालयहरुले नलिएपछि गोदाममै थन्क्याउनु परेको विक्रेताहरुले गुनासो गरेका छन् । जिल्ला …

कालिकोटमा महिला तथा बालबालिका केन्द्र स्थापना

कालिकोट: जिल्लाको सदरमुकाम मान्ममा समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई सहयोग गर्ने केन्द्रको स्थापना गरिएको छ । सामाजिक सेवा केन्द्र दैलेख र खाँडाचक्र नगरपालिकाको सहकार्यमा समस्यामा परेका महिला तथा बालबालिकाहरुको कानुनी सहायता तथा परामर्शका लागि महिला तथा बालबालिका केन्द्रको स्थापना गरिएको हो । सामाजिक सेवा केन्द्र सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाको …

बिजुली बाल्न पाउँदा स्थानीय खुसि

कालीकोटः को पलाता गाउँपालिकामा विद्युत संचालनमा आएप्छि स्थानीयबासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । पलाँता गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्र रहेका सम्पूर्ण घरधुरीमा विद्युत पु¥याउने उद्देश्यका साथ दुर्सि खोला लघु जलविद्युत आयोजनाको उद्घाटन पछि गाउँमा विद्युत बलेपछि स्थानी बासीले …

पनाती देख्नपाए, नागरिकता देख्न पाइन्

सांसदकै १०६ बर्षिया हजुरआमा नागरिकता बिहिन

कालिकोटः राष्ट्रियसभाका सांसद जीवन बुढाका १०६ बर्षिया हजुरआमा मया बुढा अहिलेसम्म पनि नागरिकता बिहिन छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नं. ३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म पनि नेपाली नागरिकता पाइकी छैनन् । बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवा र सुबिधाबाट बन्चित भएकी छन् ।बुढाका श्रीमान धेरै बर्ष पहिले बितेका सबै …

अधिकृत ल्याउन जनप्रतिनिधि राजधानी

कालिकोटका अधिकाँश स्थानीय तह रित्तै

कालीकोटः जिल्लाको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट प्रमुख प्रशासकीय अधिकृत ल्याउन प्रदेश राजधानी सुर्खेत हुर्दै काठमाण्ठौं गएका छन् । गाउँपालिकामा कर्मचारी नहुँदा सिहदरवारमा कर्मचारीका लागि आफु पुग्नुपरेको विष्टले बताए । नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृ सहित ८ जना कर्मचारीको एकै साथ समायोजन भएपछि अहिले गाउँपालिका कर्मचारी विहिन बनेको हो । …

२२ जना कृषकलाई मौरी सहित घार वितरण

कालीकोटः व्यवसायिक मौरी पालन गरि आयआर्जन तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि कालिकोट जिल्लाको राष्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकाका २२ जना कृषकहरुलाई मौरी सहित घार वितरण गरिएको छ । मौरी पालन व्यवसाय मार्फत आर्थिक रुपमा सवल बनाउनका लागि सहयोगी हातहरुको समुह (सहास नेपाल) सिफल्स परियोजनाको आर्थिक सहयोगमा जिल्लाको राष्कोट नगरपालिकाको …

नरहरिनाथका वडामा सार्वजनिक सुनुवाई

कालिकोट:   जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको गुनासो बढ्दै गएपछि जिल्लाको नरहरिनाथ गाउँपालिकाले आफ्ना प्रत्येक वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ । जनप्रतिनिधिलाई सुशासन, पारदर्शिता र जवाफदेहिता सिकाउनका लागि जिल्लाको नरहररिनाथ गाउँपालिकाले वडामा सार्वजनिक सुनुवाई कार्यक्रमको सुरुवात गरेको हो । गाउँपालिकाद्धारा वडाले गरिरहेको कामलाई चुस्त दुरुस्त जनताको माझमा प¥याउनका …